एनआरएन अध्यक्षमा लामिछाने निर्विरोध

काठमाडौं, (नेस) । गैर आवासीय नेपाली संघ –एनआरएन)को अध्यक्षमा आगामी दुई वर्षे कार्यकालका लागि जीवा लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ । अध्यक्षमा पुनः उम्मेदवारी दिएका निवर्तमान अध्यक्ष देवमान हिराचनले उम्मेदवारी फिर्ता लिएपछि लामिछाने निविरोध अध्यक्ष चुनिनु भएको हो ।
एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोको पहलमा चुनावमा जाँदा संस्था बाँडिने हुँदा सर्वसम्मत अध्यक्ष छान्न आग्रह गरेका थिए । संस्थापक अध्यक्ष महतोको आग्रहपछि निवर्तमान अध्यक्ष हिराचन पछाडि हट्नुभएको हो । हिराचनले आफूले शुरु गरेका कार्यक्रमहरु पूर्ण हुन बाँकी रहेकाले उम्मेदवारी घोषणा गरेको बताउँदै आएको छ । उहाँ जापानमा रहेर व्यापार व्यवसाय गरिरहनु भएको छ । उहाँले उम्मेदवारी फिर्ता लिएपछि पद हस्तान्तरणको घोषणा गर्दै ५७ देशमा रहेका एनआरएनहरुलाई एकताबद्ध बनाउन आफूले उम्मेदवारी फिर्ता लिएको बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष लामिछाने रुसमा रहेर उद्योग व्यवसाय सञ्चालन गर्दै आएका व्यक्ति हुनहुन्छ । संघको स्थापनाकालदेखि नै लगातार रुपमा सक्रिय रहँदै आउनुभएका उहाँ गएको कार्यकालमा पनि उपाध्यक्षको रुपमा व्यस्त हुनुहुन्थ्यो । दोहोरो नागरिकता र एनआरएनले विदेशमा रहँदा आम्दानी गरेको रकम सामूहिक लगानीका लागि नेपाल भित्र्याउने विषयलाई लामिछानेले चुनावी एजेन्डा बनाउनुभएको थियो ।
एनआरएनको निर्वाचनबाट उपाध्यक्षमा हितमान गुरुङ र रामेश्वर शाह, महासचिवमा तेन्जी शेर्पा, सचिवमा टीबी कार्की र कोाषध्यक्षमा भवन भट्ट निर्वाचित हुनुभएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: