लक्षित आर्थिक वृद्धि गर्न ऊर्जाको पूर्वाधार विकास आवश्यक

नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्ज्त्री डा. बाबुराम भट्टराईले लक्षित आर्थिक वृद्धि हासिल गर्न ऊर्जाको क्षेत्रमा हाइड्रोपावर स्टेसन, ट्रान्समिसन लाइन त्यस्तै अन्तरदेशीय ऊर्जा प्रशारणको लागि लाइनलगायतको आवश्यकता रहेको बताउनुभएको छ । नेपालको ऊर्जा क्ष्ँेत्रको विकासको लागि उहाँले सर्वसाधारणका साथसाथै घरेलु र विदेशी लगानीकर्तालाई समेत लगानीको लागि आह्वान गर्दै लगानी मैत्री वातावरण बनाउने उद्घोष गर्नुभयो । नेपाल सरकार र एसियाली विकास बैंकको आयोजनामा भएको नेपाल ऊर्जा लगानीकर्ता फोरमको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री भट्टराईले लगानीकर्तालाई आश्वस्त पार्दै ऊर्जा क्ष्ँेत्रमा भएका लगानीको सुरक्षाको लागि सरकारले विशेष व्यवस्था गर्ने बताउनुभयो । उहाँले ऊर्जा आयोजना क्ष्ँेत्रको सुरक्षाको लागि जुन बेला पनि आवश्यक सुरक्षाको व्यवस्था गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले हालै एक जलविद्युत आयोजनामा भएको आक्रमणको प्रसंगलाई कोट्याउँदै त्यस्ता घटना सबैका लागि अप्रिय रहेको र आगामी दिनमा कानुन मिच्ने कार्य कुनै पनि पार्टीको नीति भित्र नपर्ने बताउनुभयो । उहाँले निजी ऊर्जा क्षेत्रका जलविद्युत आयोजनाले स्थानीय पूर्वाधार निर्माण गर्ने सिलसिलामा स्थानीयबाट अवरोध सिर्जना भइरहेको जानकारीमा रहेको बताउनुहुँदै उहाँले सरोकारवालासँग छलफल गरेर मार्गदर्शन र नीति तर्जुमा गरिने बताउनुभयो । उहाँले ठूला जलासययुक्त आयोजनाको निर्माण गर्दा व्यहोर्नुपर्ने दायित्वलाई समेटेर पुनस्थार्पना र पुर्नवास नीति ल्याउन लागिएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ऊर्जा मन्त्री पोस्टबहादुर बोगटीले नेपालसँग अन्य कुनै भरपर्दो ऊर्जा स्रोत नभएको हुँदा जलविद्युतको विकास गर्नु नेपालको लागि अति आवश्यक रहेको बताउनुभयो । त्यस्तै अर्थमन्त्री वर्षमान पुन अनन्तले विद्युत विकास गर्नु आर्थिक प्रगति र देश विकासको मेरुदण्ड रहेको बताउँदै सरकार देशको दीर्घकालीन ऊर्जा आवश्यकता र निकासी सम्भावनालाई समेत ध्यानमा राखेर ऊर्जा विकास गर्न प्रतिबद्ध रहेको बताउनुभयो । सरकारको प्रतिबद्धता चालु वर्षको बजेटमा पनि प्रतिविम्वित भएको उहाँले बताउनुभयो ।
एसियाली विकास बैंकका उपाध्यक्ष सियायु झावले नेपालको ऊर्जा क्षेत्रको विकासमा बैंक साझेदारी गर्न तत्पर रहेको बताउँदै एडीपी मुलुक साझेदारी रणनीतिमा ऊर्जा क्षेत्रको विकासमा लागि

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: