पर्यटन क्षेत्रमा लगानी गर्न सकिन्छ ः गभर्नर

पाँचौ एनआरएन विश्व सम्मेलन
काठमाडौं,(नेस)
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गरेर नेपाललाई समृद्ध बनाउन आग्रह गर्नुभएको छ । नेपाललाई सानो देश भनेर हिन भावनाले ग्रसित भएर नसोच्न आग्रह गर्दै उहाँले जनसंख्याको आधारमा नेपाल अन्य देशभन्दा कम नरहेको बताउनुभयो । करिब २ करोड ७० लाख जनसंख्या भएको देश नेपाल अस्ट्रेलिया र मलेसिया भन्दा पनि ठूलो रहेको बताउँदै यसैको आधारमा नेपालमा लगानी गर्दा बजार सुरक्षित रहने टिप्पणी गर्नुभयो । भारत र चीनलाई जोड्ने हो भने विश्वको ३७ प्रतिशत जनसंख्या एसियाको यही भागमा रहेको जानकारी दिनुहुँदै उहाँले नेपालमा लगानी गर्नु भनेको विश्वको ३७ प्रतिशत बजारको लागि रहेको बताउनुभयो ।
पाँचौ गैर आवासीय नेपालीहरुको बुधबारबाट काठमाडौं शुरु भएको विश्व सम्मेलनको उद्घाटन गर्नुहुँदै पं्रधामन्त्री भट्टराईले आर्थिक सामाजिक रुपान्तरणको लागि आर्थिक विकास जरुरी रहेको जानकारी दिनुभयो । ‘आर्थिक विकासलाई मध्यनजर राखेर डेढ महिना अघि प्रधानमन्त्री कार्यालयमा छुट्टै आर्थिक सेलको निर्माण गरेको छु ।’–उहाँले भन्नुभयो । उहाँले सन् २०१२–१३ लाई लगानी वर्ष घोषणा गर्ने तयारी गरिरहेको बताउँदै उहाँले गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न र अन्य विदेशी सहपाठीहरुलाई पनि नेपालमा लगानी गर्न मनाउन आग्रह गर्नुभयो । गैर आवासीय नेपालीहरुलाई विदेशमा रहेर आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई नेपालमा लगानी गरेर नेपालको समृद्धिमा योगदान दिन उहाँले अनुरोध गर्नुभयो । करिब ६०० डलर प्रतिव्यक्ति नेपालीको आम्दानीलाई ३ हजार डलरमा पु¥याउनुपर्ने महत्वाकांक्षी लक्ष्य राखेको बताउँदै उहाँले कुल ग्राहस्थ उत्पादनको ४५ प्रतिशतसम्म लगानी गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । त्यस्तै वार्षिक ७ लाख रोजगारी सिर्जना गर्न सक्नुपर्ने जानकारी दिँदै उहाँले नेपालमा रहेका जल, जमिन र जंगल जस्ता प्राकृतिक सम्पदाको उचित सदुपयोग गरेर यस्ता लक्ष्य हासिल गर्न कुनै गा¥हो नपर्ने उहाँको टिपप्णी थियो ।
विदेशमा गएर पनि मातृभूमिको सेवामा समर्पित हुने चाहनाको उच्च सम्मान रहेको बताउँदै उहाँले भन्नुभयो –‘म पनि फरक पृष्ठभूमिमा नलागेको भए तपाईहरु जस्तै एनआरएन भएर विश्वको कुनै देशमा गएर काम गरिरहेको हुने थिए । तपाईहरुको शरीर विदेशमा भए पनि मन नेपालमै छ । तपाईहरुको विदेशमा कमाएको पुँजी नेपालमा लगानी गर्ने चाहनाको म उच्च सम्मान गर्दछु ।’
शान्ति प्रक्रिया र संविधान लेखन कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुहुँदै उहाँले आगामी दुई महिना भित्र यी कार्यहरु सम्पन्न भइसक्ने दावी गर्नुभयो ।
कार्यक्रममा उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले गैर आवासीय नेपालीको परिचय पत्र वितरण कार्य शुरु गरिएको बताउँदै उहाँले गैर आवासीय नेपालीको ज्ञान, सीप र अनुभवलाई नेपालको आर्थिक एवम् सामाजिक विकासमा लगानी गर्न अनुरोध गर्नुभयो । उहाँले गैर आवासीय नेपाली संघको विधिवत दर्ता कार्य अगाडि बढिरहेको र लगानी भित्र्याउन थप उचित वातावरण तयार भइरहेको समेत बताउनुभयो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष एवम् प्रमुख संरक्षक उपेन्द्र महतोले देश समृद्ध भएन भने आफ्नो पुस्ताले धिकार्ने बताउँदै नेपालको समृद्धिमा योगदान दिन गैरआवासीय नेपालीलाई आग्रह गर्नुभयो । उहाँले कुरा गरेर धेरै समय खेर फाल्नु भन्दा केही गरेर देखाउन समेत आग्रह गर्नुभयो । त्यस्तै अमेरिकाको तल्लो सदनका लागि उम्मेदवार छनोट भएका नेपाली दर्शन रौनियारले लगानीको वातावरण बनाउने काम सरकारले गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको बजेटमा शिक्षामा अधिकतम रकम छुट्याइएकोमा प्रशन्नता व्यक्त गर्दै यसबाट नै देश समृद्ध हुन सघाउ पुग्ने बताउनुभयो ।
त्यस्तै संघका अध्यक्ष देवमान हिराचनले गैर आवासीय नेपाली अभियानको संख्यात्मक भन्दा गुणात्मक विकासमा जोड दिनुभयो । उहाँले गैरआवासीय नेपालीलाई हेर्ने दृष्टिकोणमा हालका दिनमा व्यापक परिवर्तन आएको बताउनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: