एनआरएनलाई लगानी गर्न प्रमको आग्रह

पाँचौ विश्व सम्मेलन राजधानीमा
बाबुकृष्ण महर्जन
काठमाडौं
नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानीका क्षेत्रहरु प्रशस्त रहेको बताउँदै विशेषगरी भौतिक पूर्वाधारमा लगानी बढाउन आग्रह गर्नुभएको छ । पाँचौ गैर आवासीय नेपाली सम्मेलनको दौरान आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले नेपालमा निर्माणाधिन फास्ट ट्रायक सडक, मेट्रो रेल, रोपवेजस्ता पूर्वाधारमा लगानी गर्न अनुरोध गर्नुभयो ।
‘त्यस्तै रोपवे, एडभेन्चर पर्यटनमा पनि गैरआवासीय नेपालीले लगानी गर्न सकिन्छ ।’–उहाँले भन्नुभयो । नेपालका पाँच तारे होटलको क्षमता वर्षभरि गरेर १० लाख पर्यटकसम्म अट्ने सम्मको मात्र भएको यदि छिमेकी देश भारत र चीनबाट विदेश भ्रमणमा जाने पर्यटकको १ प्रतिशत मात्र नेपाल आइदिए पनि नेपालको होटल क्षमताले नभ्याएने स्थिति रहेको छ । त्यसैले नेपालको होटल क्ष्ँेत्रमा पनि लगानी गर्न सकिने उहाँको टिप्पणी रहेको छ ।
गैरआवासीय नेपालीले नेपालमा विद्यमान कानुन अनुसार सामूहिक लगानी कोषमार्फत, नेपाल स्टक मार्केटमा सूचीकृत कम्पनीको शेयर खरिद गरेर र अन्य माध्यममार्फत लगानी गर्न सक्ने बताउनुभयो । सामुहिक लगानी कोषमार्फत लगानी गर्न अन्तर्राष्ट्रिय प्रावधान अनुसार ऐन नै चाहिने भए पनि नेपालको अहिलेको परिप्रेक्ष्यमा ऐन ल्याउन कठिन भएको हुँदा नियमावली मार्फत लगानी खुला गरिएको उहाँको कथन थियो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघका संरक्षक भिम उदासले गैर आवासीय नेपालीको सानो वचतलाई कोष खोलेर नेपालमा लगानी गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले गैर आवासीय नेपालीको मुनाफा सहित देश विकासमा सहभागी गराउने उद्देश्यका साथ यस्तो प्रक्रिया शुरु गरिएको बताउनुभयो । उहाँले गैर आवासीय नेपालीले आफ्नो आर्थिक क्षमता अनुसार कोषको शेयर खरिद गर्न सक्ने बताउनुभयो । कोष सञ्चालनको लागि ७ सदस्यीय कार्यदल गठन गरिएको बताउँदै नेपाल भित्रिने रेमिट्यान्सको केही प्रतिशत पनि अनिवार्य रुपमा कोषमा जम्मा गर्न सकिने बताउनुभयो । कोषलाई विश्वव्यापी कम्पनीको रुपमा शुरु गर्ने र त्यस कम्पनीमा नेपालमा रहेका कर्मचारी सञ्चय कोष जस्ता संस्थाले पनि शेयर लगानी गरे अझ प्रभावकारी हुने संरक्षक उदासको मत थियो । कम्पनीले सामूहिक लगानी कोषमार्फत, नेपाल स्टक एक्सचेन्जमा सुचीकृत कम्पनीको शेयर किनेर, वैदेशिक रोजगार वचत पत्र किनेर लगानी गर्न सक्ने उहाँले बताउनुभयो ।
यसको लागि प्रत्येक विदेश जाने व्यक्तिले शुन्य वचतको खाता खोल्न अनिवार्य गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघका उपाध्यक्ष एवम् अध्यक्षका उम्मेदवार जीवा लामिछानेले कम्पनीमा गैरआवासय नेपाली (एनआरएन)ले ५० हजारदेखि एक करोड रुपियाँसम्म पुँजी लगानी गर्न सक्ने प्रावधान राख्नुपर्ने बताउनुभयो । उहाँले नेपालको जलविद्युत क्षेत्रमा एनआरएनले लगानी गर्न सक्ने क्षेत्र रहेको बताउँदै १ सय मेगावाटसम्मको जलविद्युत परियोजनामा लगानी गर्न बजेट मार्फत नै बाटो खुला गरिदिएको बताउनुभयो । उहाँले रसियामा रहेका ४० उत्साही एनआरएन साथीको लगानीमा इलाममा २२ मेगावाटको माइखोला जलविद्युत आयोजना सञ्चालनमा रहेको र त्यस्तै अरु परियोजना पनि सामूहिक लगानीमा शुरु गर्न सकिने बताउनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: