निक्षेप बढे पनि बैंकसँग लगानी योग्य रकमको अभाव

बाबुकृष्ण महर्जन
काठमाडौं
नेपालका वाणिज्य बैंकहरुमा निक्षेप वृद्धि भएकाले तरलता वृद्धि भइतापनि लगानीयोग्य रकमको भने अझै अभाव रहेको बैंकहरुले बताएका छन् । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकहरुमा मात्र करिब ३० अर्ब रुपियाँले निक्षेप वृद्धि भएको छ तर नेपाल राष्ट्र बैंकको कर्जा निक्षेप अनुपातलाई ८५ प्रतिशतबाट ८० प्रतिशतमा झार्नुपर्ने प्रावधानका कारण लगानी गर्न योग्य रकमको अझै अभाव नै रहेको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्दं्र पौडयालले बताउनुभयो ।
प्रमुख कार्यकारी अधिकृत पौड्यालका अनुसार विगत तीन चार महिनादेखि वाणिज्य बैंकहरुमा निक्षेप वृद्धि भइरहेको छ । तरलताको चरम अभाव झेलिरहेका वाणिज्य बैंकहरुले दोहोरो अंकको अन्तर बैंक व्याज दरमा तरलताको स्थिति राम्रो भएका बैंकहरुबाट सापट लिएर तरलता समस्या समधान गर्दै आएका थिए । उहाँका अनुसार सम्पत्ति शुद्धिकरण निवारण ऐन बमोजिम १० लाखसम्मको रकम बैंकमा राख्दा स्रोत खुलाउनुपर्ने प्रावधानलाई सरलीकृत गरेर आतंकवाद र अन्य गैरकानुनी रुपमा कमाएको होइन भनी घोषणा गरे पुग्ने नीति लिएकाले पनि बैंकहरुको तरलताको स्थिति सुदृढ भएको हो । समयमै बजेट घोषणा भएर खर्च शुरु हुनु, बंैंकहरुले निक्षेपमा व्याज दर वृद्धि गर्नु बैकमा निक्षेप वृद्धि हुनुको अर्को कारण रहेको बैंकरहरु बताउँछन् । नेपालमा निक्षेपमा व्याजदर वृद्धि भए पछि भारतीय बैंकहरुमा राखिएको रकम पनि नेपालतिर आएको बताइन्छ । ‘वाणिज्य बैंकहरुले कर्जा निक्षेप अनुपात ८० प्रतिशतमा राख्नुपर्ने बाध्यताका कारण निक्षेपमा वृद्धि भए पनि लगानी योग्य रकमको वृद्धि नभएको हो । बैंकहरुले अन्तर बैंकमा रकम लगानी गरिरहेका छन र त्यो पनि १ देखि २ प्रतिशतको दरमा बैंकहरुले पाइरहेका छन् ।’–प्रमुख कार्यकारी अधिकृत पौड्यालले बताउनुभयो ।
नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर महाप्रसाद अधिकारीले प्रत्येक आर्थिक वर्षको पहिलो र अन्तिम त्रैमासिकमा प्रायः निक्षेप वृद्धि हुने र कर्जा लगानी कम हुने गरेको बताउनुभयो । व्यवसायिक चक्र नै यस्तै हुनाले पनि कर्जाको रकम वृद्धि हुन नसकेको उहाँको तर्क थियो ।
नेपाल बैकर्स एसोेसियसनका अध्यक्ष अशोक शमशेर राणाले पनि आगामी पौष मसान्तसम्म कर्जा निक्षेप अनुपात ८० प्रतिशत पु¥याउनुपर्ने बाध्यताका कारण नै बैंकहरुको कर्जा रकममा वृद्धि नभएको बताउनुहुन्छ । रियल स्टेट र हाउजिङमा खासै कर्जाको माग नभएकाले लगानी गर्ने क्षेत्रको पनि अभाव रहेको उहाँको विश्लेषण छ । उहाँले बैंकसँग भएको रकमलाई रिभर्स रिपोबाट लिन राष्ट्र बैंकलाई आग्रह गर्ने बताउनुभयो । सरकारले बाटो, पुल पुलेसा लगायतका पूर्वाधार निर्माणका कार्यहरुलाई जोडतोडका साथ अगाडि बढाएर लगानीको वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: