गैर भन्सार अवरोधका कारण अन्तर क्षेत्रीय व्यापारमा कमी

नेपाल समाचारपत्र
काठमाडौं
दक्षिण एसियाली राष्ट्रहरुमा भन्सार दरहरुमा कटौटी भए पनि गैर भन्सार अवरोधका कारण अन्तर क्ष्ँेत्रीय व्यापारमा वृद्धि हुन नसकेको विज्ञहरुले बताएका छन् । चौथो दक्षिण एसियाली व्यापारीक नेतृत्व भेलाको तेस्रो दिन आयोजित ‘दक्षिण एसियामा व्यापार र लगानीः चुनौती र सम्भावना’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले दक्षिण एसियाको कुल ग्राहस्थ उत्पादनको २ प्रतिशत मात्र क्षेत्रीय व्यापार दक्षिण एसियाली राष्ट्रहरुमा हुने गरेको जानकारी दिए । सन् १९४८ मा सार्क क्षेत्रको कुल व्यापारको १८ प्रतिशत व्यापार सार्क राष्ट्र भित्र मात्र हुने गरेकोमा सन् २००२–२००७ मा पुग्दा यो दर ५ प्रतिशतमा झरेको बताउँदै विज्ञहरुले व्यापार सहजीकरण नहुँदा अन्तर क्षेत्रीय व्यापारमा गिरावट आएको बताए ।
दक्षिण एसिया विश्वको दु्रत गतिमा आर्थिक वृद्धि गर्ने क्षेत्र भएको जानकारी दिँदै कार्यक्रमका वक्ता आइपीएस श्रीलंकाका कार्यकारी निदेंशन डा. समन केलेगामाले दक्षिण एसियाका राष्ट्रहरुमा आर्थिक वृद्धिदरमा ठूलो अन्तर रहेको बताउँदै उहाँले विश्व अर्थतन्त्रको वृद्धि सुस्त भएको अवस्थामा क्षेत्रीय समन्वय अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले भारत अहिले सूचना प्रविधिका सफ्टवेयरहरु बनाउन आउटसोर्सिङ र अन्य बीपीओको कार्य गर्न विश्वमै नं. १ गन्तव्य भएको बताउँदै उहाँले यसको फाइदा सार्कका अन्य मुलुकहरुले पनि लिन सक्नुपर्ने बताउनुभयो । एआईले तयार पारेको उक्त सूचकमा श्रीलंका २१ औं र पाकिस्तान २८ औंमा पर्न गएको छ । त्यसैगर िबंगलादेको प्राकृतिक ग्यासको सम्भावना, नेपालको अपार जलस्रोतको सम्भावनालाई पनि नगदमा परिणत गर्नुपर्ने आवश्यकता रहेको कार्यक्रममा बताइएको थियो ।
विमानस्थलको क्षमता विकास नहुँदा र सडक सञ्जालको विकास नहुँदा पनि यस क्षेत्रको व्यापारमा गिरावट आइरहेको बताउनुभयो । यस्ता पूर्वाधारको अभावका कारण यस क्षेत्रको व्यापार लागत विश्वको अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढी हुने गरेको डा. केलेगामाले बताउनुभयो ।
दक्षिण एसियाली देशहरुको कुल ग्राहस्थ उत्पादनको ५० प्रतिशतसम्म सेवा क्षेत्रले धानिरहेको बताउँदै उहाँले सन् १९९१ देखि २००६ को तथ्यांक अनुसार दक्षिण एसियाको सेवा क्षेत्रको व्यापार १६ प्रतिशतले वृद्धि भइरहेको बताउनुभयो । सोही क्षेत्रमा वस्तु व्यापारको वृद्धि दर भने १२ दशमलब ७ प्रतिशत मात्र रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: