व्यवसायिक सञ्चालकले संस्थापक शेयर लिन नपाउने

काठमाडौं, (नेस) ।
बैंक तथा वित्तीय संस्थाका व्यवसायिक सञ्चालकले संस्थाको संस्थापक शेयर लिन नहुने निर्देशन राष्ट्र बैंकले बुधबार जारी गरेको छ । यो निर्देशन आउनु भन्दा अगाडि नै साधारण शेयर लिइसकेको भए पनि परिपत्र जारी भएको मितिले एक वर्षभित्र शेयर बिक्री गरिसक्नु पर्ने राष्ट्र बैंकको निर्देशनमा छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विपन्न वर्गमा जाने कर्जामा शून्य दशमलब ५ प्रतिशत वृद्धि गरिएकोमा चालु आर्थिक वर्षको पौष मसान्तसम्म शून्य दशमलब २५ प्रतिशत र २०६९ पौष मसान्तसम्म अर्को शून्य दशमलब २५ प्रतिशत वृद्धि गरी विपन्न वर्ग कर्जा अनुपात पु¥याउन सकिने व्यवस्था गरेको छ ।
त्यस्तै आजकल पत्रपत्रिकाहरुमा विदेश जाने प्रयोजनको लागि कम शुल्कमा बैंक ब्यालेन्स सर्टिफिकेट उपलब्ध गराइने भन्ने तर्फ ध्यानकर्षण गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विज्ञापन प्रकाशित गरेर आफ्ना ब्यालेन्स सर्टिफिकेट नदिन निर्देशन दिएको छ । विज्ञापन प्रकाशित गरेर ग्राहकलाई ब्यालेन्स सर्टिफिकेट दिएको पाइएमा राष्ट्र बैंक ऐन बमोजिम कडा कारवाही गरिने समेत निर्देशनमा उल्लेख छ ।
त्यस्तै ग्रामीण विकास बैंक, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरमा शेयर लगानी गर्दा पनि लगानी समायोजन कोष खडा गर्नु नपर्ने भएको छ । यसअघि कर्जा सूचना केन्द्र, नेपाल क्लियरिङ हाउस लिमिटेड र नेसनल बैकिङ ट्रेनिङ इन्स्टिच्युटमा शेयर लगानी गर्दा मात्र यो व्यवस्था लागू हुने गरेको थियो ।
बैंकहरुले जडान गर्ने एटीएमहरुमा अनिवार्य रुपमा सीसीटीभी क्यामेरा लगायतका सुरक्षा सम्बन्धी प्रबन्धहरु गर्नुपर्ने समेत नयाँ निर्देशनमा उल्लेख छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: