अर्थमन्त्रीले पनि सस्तो गाडी चढने

नेपाल समाचारपत्र
काठमाडौं
अर्थमन्त्री वर्षमान पुन अनन्तले आफूले चढ्दै गरेको महंगो गाडी बेचेर सरकारले हालै जारी गरेको सरकारी खर्चमा मितव्ययिता कायम गर्ने निर्देशिका बमोजिमको सीमा भित्र रहेर खरिद गर्ने गाडी चढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
एनेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टरँईले नेपालमै बनेको करिब २० लाख रुपियाँ पर्ने मुस्ताङ गाडी प्रयोगमा ल्याएपछि सरकारमा संलग्न मन्त्रीलगायत अन्य उच्च पदस्थ कर्मचारीलाई समस्या सिर्जना भएको थियो । प्रधानमन्त्री भए लगत्तै सरकारी खर्चमा मितव्ययीता अपनाउनुपर्नेमा जोड दिँदै आउनुभएका बाबुरामकै अनुसरण गर्दै अर्थमन्त्री पुनले आफूले चढ्दै गरेको महंगो गाडी बेचेर निर्देशिकामा उल्लेखित सीमाभित्रको गाडी चलाउने उद्घोष गर्नुभएको हो । उहाँले भन्नुभयो –‘जनता धेरै पछाडि हामी धेरै अगाडि भएकाले मितव्ययीताको सिद्धान्त लागू गर्न खोजेका हौं ।’
हालै जारी गरेको निर्देशिकामा राजपत्र अंकित प्रथाम श्रेणीले १२ सय सीसीसम्म २० लाख रुपियाँ मूल्य पर्ने गाडी चलाउन सकिने एवम् विशिष्ट श्रेणीले १४ सय सीसीको ३० लाख मूल्य पर्ने गाडी र आयोजना एवम. जिल्लास्तरको कार्यालयको लागि २ हजार सीसीसम्म करिब ४० लाख रुपियाँ पर्ने गाडी प्रयोग गर्न सक्ने उल्लेख छ ।
अर्थमन्त्री पुनले राजस्व प्रशासनमा सदचारको विकास गर्ने, केन्द्रीय र क्षेत्रीय स्तरका राजस्व चुहावट नियन्त्रण समितिहरुलाई सक्रिय बनाउने एवम् नक्कली बिल बिजक बनाई राजस्व छल्ने उपरको अनुसन्धान र कारवाहीलाई तीव्र बनाइने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भारतीय रुपियाँ अपचलन भएको विषयमा राष्ट्र बैंकका डेपुटि गभर्नरको संयोजकत्वमा उच्चस्तरीय सुझाव समिति गठन गरिएको र उक्त समितिलाई आवश्यक सहयोग जुटाउन राजस्व अनुसन्धान विभागको महानिर्देशकको संयोजकत्वमा छानविन समिति समेत गठन गरिएको बताउनुभयो ।
अघिल्लो सरकारले प्रस्तुत गरेको बजेट आइतबार व्यवस्थापिका संसदबाट पारित भएको छ । अर्थमन्त्री पुनले बजेट कार्यान्वयनलाई गति दिन साउन २५ गते भित्र मातहत निकायलाई अख्तियारी दिने व्यवस्था मिलाई सोही अवधि भित्र मन्त्रालयस्तर र राष्ट्रिय योजना आयोगबाट सबै कार्यक्रमहरु स्वीकृत गराई साउन मसान्तभित्र वार्षिक कार्यक्रमहरु सार्वजनिक गर्न अनुरोध गरेको थियो । मन्त्रालयले कात्तिक मसान्तभित्र स्वीकृत कार्यक्रमहरुको ठेक्कापट्टा सम्झौता गरिसक्न समेत सम्बन्धित सचिवहरुलाई निर्देशन दिएको छ । उहाँले साधारण खर्चमा मितव्ययिता र पुँजीगत खर्चमा वृद्धि गरेर विकासको प्रतिफलबाट सर्वसाधारणलाई लाभान्वित गरउान उहाँले सचिवहरुको विशेष ध्यानाकर्षण गर्नुभयो ।
असोज १ गतेसम्म करिब ५ अर्ब ८९ करोड १२ लाख रुपियाँरुका वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त भएको जानकारी दिनुहुँदै अर्थमन्त्री पुनले दातृसंस्थाहरुसँगको अन्तरक्रियामा नेपालको विकासमा लगानी जुटाउन तिनीहरु उत्सुुक रहेको बताउनुभयो ।
साउन महिनाको मुद्रास्फिति ८ दशमलब ९ प्रतिशत मात्र रहेको छ र भाद्र १६ गतेसम्म वैदेशिक विनिमय सञ्चिति २ खर्ब ८९ अर्ब रहेको बताउँदै त्यसमध्ये ६१ अर्ब रुपियाँ भारु रहेको बताउनुभयो । यस सञ्चितिले ७ दशमलब ३ महिनाको वस्तु तथा सेवाको आयातलाई धान्न पर्याप्त रहेको र देशको शोधनान्तर स्थिति साउन महिनामा अनुकुलै रहेको जानकारी दिनुभयो ।
अर्थमन्त्री पुनले बजेट कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिँदै प्रत्येक ४।४ महिनामा बजेट समीक्षा हुने र कुनै मन्त्रालयले बजेट खर्च गर्न नसकेमा अन्य आवश्यक क्षेत्रमा बजेट रकमान्तर गर्ने र जनताले अनुभूति हुने गरी विकास निर्माणको काम गर्ने प्रतिबद्धता जनाउनुभयो । हालै सरकारले ल्याएको राहत कार्यक्रमको लागि हालै पास भएको बजेटको सिमा भित्रै रहेर खर्च गरिने समेत उहाँले बताउनुभयो । उहााले लगानीकर्ताको लागि राम्रो वातावरण बनाउन सक्दो नीतिगत निर्णय गरिने बताउनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: