ग्रामीण विकास बैंक मर्जरतिर

बाबुकृष्ण महर्जन
काठमाडौं
ग्रामीण जनतालाई ऋण प्रवाह गरेर गरिबी न्युनिकरण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंक र सरकारको अगुवाईमा पाँचै विकास क्ष्ँेत्रमा स्थापना भएका ग्रामीण विकास बैंकहरुको एकिकरण गर्ने प्रयास शुरु भएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिको पहलमा एकिकरणको लागि छलफल शुरु भएको हो । छलफलमा वक्ताहरुले राज्यको लगानी विस्तारै घटाउँदै निजीकरण गरिदै लगिए पनि ग्रामीण विकास बैंकले राम्रो कार्य सम्पादन गर्न नसकेको बताउँदै एकिकरणको आवश्यकता औल्याएका थिए ।
एक तथ्यांकअनुसार नेपालका ७० प्रतिशत जनता ग्रामी क्षेत्रमा बसोबास गर्छन् । पाँच विकास क्षेत्रमा रहेको पाँच ग्रामीण विकास बैंकले ५५ जिल्लामा सेवा विस्तार गरिरहेको छ । बृहत क्षेत्रमा सेवा विस्तार गरे पनि ग्रामीण विकास बैंक आफैको अवस्था भने दिन प्रतिदिन खराब अवस्थामा गएको छ । चार ग्रामीण विकास बैंक निजीकरण गरिसकिएको छ भने सुदुर पश्चिमाञ्चल ग्रामीण विकास बैंकमा मात्र अहिले सरकारी लगानी रहेको छ । निजीकरण गरिएको मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंकमा युनिटी लाइफ इन्टरनेसनलका सञ्चालकहरुको शेयर लगानी रहेको पत्ता लागेपछि राष्ट्र बैंकले उक्त बैंकलाई संकट ग्रस्त घोषणा गरेको छ ।
नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष धर्मराज पाण्डेले नेपाल राष्ट्र बैंकले पनि मर्जरमा जान प्रेरित गरेको बताउँदै अहिले प्राय ग्रामीण विकास बैंकको नेटवर्थ नकारात्मक रहेको बताउनुभयो ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले ग्रामीण विकास बैंकलाई मर्जरमा लैजाने विषयमा हाम्रो नीतिसँग मेल खाएको र त्यसमा ट्रेड युनियनको पनि स्वकिृति रहेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले पुँजी हाल्ने लगानीकर्ताहरु नै मिलेर आएमा बैंकलाई एकीकरण गर्न राष्ट्र बैंकले अगाडि बढाउने बताउनुभयो । नेपालको गरिबी ४१ प्रतिशतबाट १५ प्रतिशतमा झरेको तथ्यांक प्रस्तुत गर्दै उहाँले यसको श्रेय कुल घरायसी आम्दानीमा वृद्धि भएको कृषिमा व्यवसायिकता भएको र श्रमिकको ज्याला दरमा वृद्धि भएको एवम् सीप परिचालन गरेर आम्दानीमा वृद्धि भएको कारण गरिबी न्युनिकरण भएको बताउनुभयो । गरिबी घट्नुमा लघुवित्तको योगदान बढी रहेको बताउँदै उहाँले नितिगत रुपमा प्रष्ट सोच ल्याएर मर्जर प्रक्रिया अगाडि बढ्नुपर्ने बताउनुभयो ।

One Response

  1. It should cover those ares which are under the shadow of other national news papers. I liked the post.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: