जापानद्वारा ७७ लाख अमेरिकी डलर सहयोग

जापानद्वारा ७७ लाख अमेरिकी डलर सहयोग
काठमाडौं,
एसियाली विकास बैंक, जापान सरकार र नेपाल सरकारले नेपालको बालबालिको कुपोषण घटाउन, गरिब जनतालाई जिविका चलाउने अवसर प्रदान गर्न र ग्रामीण महिलालाई स्वच्छ ऊर्जामा पहुँच पु¥याउन कार्यक्रम सञ्चालन गर्ने भएको छ । ती तीन आयोजनाको लागि गरिबी निवारणको जापानी कोष (जेएफपीआर)ले करिब ७७ लाख अमेरिकी डलर बराबरको अनुदान सहयोग प्रदान गर्नेछ ।
सामाजिक सुरक्षाको माध्यमबाट बाल कुपोषण न्युनीकरण आयोजनाले सामाजिक सुरक्षाको कार्यक्रमको योजना निर्माण गर्न सघाउ पु¥याउने विश्वास गरिएको छ । त्यसैगरी नेपालको अति गरिब र विपन्न समुदायलाई सहयोग गरेर जीविका चलाउन सक्ने बनाउने र आफ्नो आम्दानीको स्तरमा वृद्धि गर्ने अर्को आयोजनाको लक्ष्य रहेको छ । त्यसैगरी स्वच्छ ऊर्जामा दक्षिण एसियामै ग्रामीण महिलाको पहुँच बढाउन भुटान, नेपाल र श्रीलंकामा सञ्चालन गरिएको आयोजनाले महिलाको स्वच्छ ऊर्जा पहुँचमा उच्च योगदान दिने अपेक्षा गरिएको छ ।
जापान सरकारले जेएफपीआरमार्फत सन् २००१ देखि अगस्ट २०११ सम्म कृषि, सुशासन र सामाजिक क्षेत्रका गरी १० वटा आयोजनाहरुमा करिब १ करोड ७० लाख ५० हजार अमेरिकी डलर बराबरको सहायता प्रदान गरिसकेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: