वाणिज्य बैंकको नाफा ३ प्रतिशतले वृद्धि

बाबुकृष्ण महर्जन, (काठमाडौं)
वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०६७।६८ मा १४ अर्ब ६७ करोड २७ लाख रुपियाँ खुद मुनाफा गरेको छ । यो अघिल्लो वर्ष भन्दा ३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा थप भएका ४ बैंकसहित ३१ बैंकले सो मुनाफा आर्जन गरेको हो । आर्थिक वर्ष २०६६।६७ को अन्तिम त्रैमासिक समाप्त हुँदासम्म सञ्चालित २७ वाणिज्य बैंकले कुल १४ अर्ब १९ करोड ६४ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको थियो । गत आर्थिक वर्षमा सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले नै सबैभन्दा बढी १ अर्ब ७५ करोड ९२ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । त्यसपछि दोस्रो स्थानमा पनि सरकारी लगानी रहेको कृषि विकास बैंकले नै १ अर्ब ६० करोड रुपियाँ मुनाफा हासिल गरेको थियो ।
निजी क्षेत्रको लगानीमा स्थापित बैंकहरुमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । उक्त बैंकले गत आर्थिक वर्षमा १ अर्ब २९करोड रुपिया खुद मुनाफा कमाएको थियो भने निजी क्षेत्रको दोस्रो नाफा कमाउने बैंकमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । यस बैंकले १अर्ब २६ करोड रुपियाँ खुद मुनाफा आर्जन गर्न सफल भएको थियो । बैंकहरुमध्ये शेयर बजारमा सबैभन्दा महंगो शेयर मूल्य कायम भएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने १ अर्ब ११ करोड रुपियाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । अन्य अत्यधिक नाफा कमाउने बैंकहरुमा एभरेष्ट बेंक ९३ करोड, हिमालयन बैंक ८८ करोड, बैंक अफ काठमाडौं ६० करोड, एनआईसी बैंक ४९ करोड र नेपाल एसबीआई बैंक ४६ करोड रुपियाँ रहेको छ ।
आर्थिक वर्ष २०६७।६८ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ८ बैंकले आफ्नो मुनाफा कम गरेका छन् । गत आवमा सबैभन्दा बढी मुनाफा कम गर्ने बैंकमा माछापुच्छ«े बैंक रहेका छन् । उक्त बैंकले आर्थिक वर्ष २०६७।६८ मा ८२ लाख ४० हजार रुपियाँ मात्र नाफा आर्जन गरेको बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासिक प्रतिवेदनमा उल्लेख छ । बैंकले अघिल्लो वर्ष ७ करोड ३३ लाख रुपियाँ मुनाफा आर्जन गरेको थियो । त्यस्तै एनसीसी बैंकले पनि गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ४८ प्रतिशतले कम मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षमा तरलता समस्याका कारण बैंकहरुले ऋण लगानी पर्याप्त मात्रामा गर्न नसक्दा बैंकको नाफादायकतामा कमी आएको हो । नेपाल बंगलादेश बैंकले पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा आफ्नो नाफा कम मात्र गरेका छन् । अघिल्लो वर्ष १ अर्ब २ लाख १३ हजार रुपियाँ मुनाफा आर्जन गरेको नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्षमा ४१ करोड ५५ लाख रुपियाँ मात्र मुनाफा आर्जन गर्न सकेको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा कमाएको राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा १३ प्रतिशतले कम हो ।
गत आर्थिक वर्षमा बाँकी १९ बैंकले भने नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षमा प्रतिशतको आधारमा सबैभन्दा बढी जनता बैंकले मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा २ सय ५३ प्रतिशतले आफ्नो मुनाफामा वृद्धि गरेको छ । त्यस्तै ग्लोबल बैंकले अघिल्लो वर्ष ७ करोड ३० लाख रुपियाँ खुद मुनाफा आर्जन गरेकोमा गत वर्ष आफ्नो मुनाफामा झन्डै २ सय १० प्रतिशतले वृद्धि गरी २२ करोड ६३ लाख रुपियाँ पु¥याएको छ ।
गत वर्ष तरलता समस्याको कारण बैंकहरु समस्यामा परेकाले राष्ट्र बंैकले शेयर कर्जा र घरजग्गा कर्जामा केही खुकुलो गर्नुका साथै गत असार मसान्तसम्म तिनुपर्ने ब्याजलाई चालु आर्थिक वर्षको श्रावण मसान्तसम्म भुक्तानी भएमा पनि त्यसलाई असारमा नै तिरेको सरह खाता मिलान गर्न निर्देशन दिने जस्ता सकारात्मक कदम चालिए पनि नाफामा भने औसत सुधार भएको देखिएन । समग्र वाणिज्य बैंकले नै गत आवमा अघिल्लो आर्थिक वर्षको तुलनामा ३ प्रतिशत मात्र बढी नाफा आर्जन गरे । अघिल्ला वर्षहरुमा करिब १५ प्रतिशतले बैंकहरुको नाफामा वृद्धि हुने गरेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: