भारतीय मुद्रासँगको आबद्धता कायमै राख्नुपर्ने

नेपाल समाचारपत्र, (काठमाडौं)
अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाली मुद्राको भारतीय मुद्रासँगको आबद्धता कायमै राख्नुपर्ने सुझाव दिएको छ । उक्त आबद्धतालाई मुख्य नीति निर्देशक सिद्धान्तको रुपमा कायम राखी नेपालको वित्तीय नीति निर्धारण गर्दा नेपालको व्याज दर भारतीय व्याजदर भन्दा तल निर्धारण गर्न नहुने जनाएको छ । कोषका एसिया प्रशान्त विभाग उपशाखा प्रमुख जोन निलम्सको नेतृत्वमा आएको ५ सदस्यीय टोलीले गत श्रावण १५ देखि २९ गतेसम्म नेपालको भ्रमण गरी आइएमएफको नियमित कार्य अन्तर्गत आर्टिकल फोर कन्सल्टेसनको लागि उपप्रधानमन्त्री भरतमोहन अधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडालगायत सरकार र राष्ट्र बैंकका उच्च अधिकारीसँग छलफल गरी नेपालको वर्तमान अर्थतन्त्रको अवस्था र भावी अवस्थाका सम्बन्धमा सुझाव पेश गरेको हो । भारत र नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषका वरिष्ठ प्रतिनिधि डा. सञ्जय पन्तद्वारा लिखित उक्त सुझावमा नेपालको व्याजदर भारतको भन्दा तल निर्धारण भएमा पुँजी पलायनको समस्या झनै बल्झिने खतरा रहेको बताइएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: