चिलिमेको नाफा सवा ८४ करोड

काठमाडौं, (नेस) ।
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा ८४ करोड ५० लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षसम्म संस्थाको पुँजी ८२ करोड ५६ लाख रुपियाँ रहेको छ । गत वर्ष संस्थाले ७७ करोड ७४ लाख ३१ हजार रुपियाँ नाफा गरेकोमा शेयरधनीलाई ६० प्रतिशत लाभांश वितरण गरेको थियो ।
संस्थाले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकको वित्तीय विवरण अनुसार संस्थाको प्रति शेयर आम्दानी १ सय २ रुपियाँ ३५ पैसा र मूल्य आम्दानी अनुपात ८ दशमलब शून्य २ प्रतिशत रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ४ सय ९५ रुपियाँ ३४ पैसा रहेको छ । संस्थाले हालै स्थानीय बासिन्दाहरुको लागि छुट्याइएको १० प्रतिशत बराबरको ९ लाख ६० हजार कित्ता शेयर र सर्वसाधारणका लागि छुट्याएको १३ लाख ४४ हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ । संस्थाको शेयर गत त्रैमासिकमा अधिकतम ९ सय ५६ रुपियाँ र न्यूनतम ६ सय ९० रुपियाँसम्ममा कारोबार भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: