राष्ट्र बैंकलाई तीन दिन भित्र प्रतिवेदन दिन निर्देशन

काठमाडौं, (नेस) । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले प्लाष्टिकको नोट छपाईसम्बन्धी सत्य तथ्य तीन दिन भित्र पेश गर्न नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । प्लाष्टिकको नोट छाप्ने सिलसिलामा अस्ट्रेलियाली कम्पनीले नेपाली पदाधिकारीलाई घुस दिएको समाचार अस्ट्रेलियास्थित एक समाचारपत्रले सार्वजनिक गरेपछि लेखा समितिले यससम्बन्धी छानविन अगाडि बढाई सो निर्देशन जारी गरेको हो । समिलते तीन दिन भित्र राष्ट्र बैंकले यसअघि गरेको छानविनको प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो । समितिको शुक्रबार बिहान बसेको बैठकमा सभासद राजेन्द्र खेतानले यससम्बन्धी विषय नेपाल र अस्ट्रेलिया दुवैको लागि प्रतिष्ठाको विषय भएकोले छानविन गरी यथार्थ जानकारी दिन माग गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: