आइएमएफको एसडीआर वैकल्पिक मुद्रा

नेपाल समाचारपत्र
काठमाडौं
भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाका गभर्नर डा. डी. सुवारावले अमेरिकी डलर कमजोर हुँदै गएपछि अन्य मुद्राको समूहलाई अन्तर्राष्ट्रिय मुद्राको रुपमा प्रयोग गर्न सकिने बताउनुभएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाको निमन्त्रणमा दुई दिने भ्रमणमा काठमाडौं आइपुग्नुभएका गभर्नर सुवारावले अन्तर्राष्ट्रिय मुद्रँ कोषले गणना गर्ने एसडीआरलाई नै अन्तर्राष्ट्रिय मुद्राको रुपमा प्रयोग गर्न सकिने बताउनुभएको हो । संसारको सबैभन्दा ठूलो अर्थतन्त्र संयुक्त राज्य अमेरिकाको अर्थतन्त्र विस्तारै कमजोर हुँदै गएपछि विश्व अन्य राष्ट्रहरुले वैकल्पिक मुद्रामा वैदेशिक मुद्रा सञ्चिति राख्ने बारे छलफल चलाउँदै आएका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले भने नेपालको दुई तिहाई भन्दा बढी व्यापार भारतसँग हुने हुँदा अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति गर्दा भारतीय मुद्राको पनि अहम भूमिका रहने गरेको बताउनुभयो ।
उहाँले नेपाल भारत खुल्ला सीमानाका कारण ५ सय र १ हजार दरका भारतीय नोटलाई नेपालमा चलाउन दिन नसकिने बताउनुभयो । सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐन एवम् नक्कली भारतीय रुपियाको व्यापक प्रयोगलाई नेपालमा रोक्ने सुनिश्चितता नभएसम्म यस्ता नोट चलाउन नसकिने उहाँको धारणा थियो ।
खुला सिमानाका कारण भारतबाट नेपाल भित्रिने विप्रेषणलाई बैकिङ प्रणाली भित्र ल्याउनु चुनौतीपूर्ण रहेको बताउँदै उहाँले यसलाई विस्तारै प्रभावकारी रुपमा व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
भारत सरकारको अर्थ मन्त्रालयका सचिव, आन्ध्र प्रदेशको अर्थ मन्त्रालयका सचिवलगायतका पद समेत सम्हालिसक्नु भएका गभर्नर सुवारावले सेप्टेम्बर २००८ मा भारतीय केन्द्रीय बैंकको गभर्नर पद सम्हाल्नु भएको थियो । संयोग नै भन्नुपर्छ उहाँले गभर्नर पद सम्हाल्नु र विश्व आर्थिक मन्दीको शुरुवात सँगसँगै परेको थियो । उहाँको हालै मात्र पुनः दुई वर्ष कार्यकाल थप गरिएको हो ।
भारतलाई अन्य विकसित राष्ट्रको तुलनामा विश्व आर्थिक मन्दीबाट मुक्ति पाएको थियो । मन्दी अगाडि ९ दशमलब ८ प्रतिशत रहेको भारतको आर्थिक वृद्धिदर मन्दीको समयमा ६ दशमलब ८ प्रतिशतमा सीमित रहेको थियो । भारतको कुल निर्यात मन्दी अगाडि २५ प्रतिशतले वृद्धि हुँदै आएकोमा मन्दीको समयमा घटेर १२ प्रतिशतले मात्र वृद्धि भएको थियो । भारतको आर्थिक वृद्धिमा आन्तरिक कारण बढी विद्यमाुन रहेको छ । भारतको कुल ग्राहस्थ उत्पादनमा १५ प्रतिशत मात्र निर्यात व्यापारको भूमिका रहने गरेको छ । सन् २००७।०८ मा भारतको व्यापारसँग जीडीपीको अनुपात १९ दशमलब ६ प्रतिशत रहेकोमा सन् २००८।९ मा ४० दशमलब ७ प्रतिशतसम्म वृद्धि भयो भने पुँजी आप्रवाह र जीडीपीको अनुपात मन्दी अगाडि ४४ प्रतिशत रहेकोमा पछि १ सय १२ प्रतिशतसम्म पुगेको थियो । भारतीय केन्द्रीय बैंकले वित्तीय प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेकोले मन्दीलाई चाँडो चिर्न सफल भएको गभर्नर सुवारावले जानकारी दिनुभयो । उहाँले यस नीति अन्तर्गत वित्तीय बजारलाई कार्यमुखी बनाइराख्ने, तरलताको समस्याबाट टाट पल्टिने कार्यलाई निरुत्साहित गर्ने, भारतीय रुपियाँमा तरलता पर्याप्त राख्ने, वैदेशिक विनिमय तरलतालाई सुविधाजनक अवस्थामा राख्ने र कर्जालाई उत्पादनशील क्षेत्रमा लैजाने जस्ता प्रमुख क्षेत्रहरुमा उहाँले मन्दीको समस्यमा विशेष ध्यान केन्द्रित गर्नुभएको बताउनुभयो । विश्व मन्दीलाई कसरी सामना गर्नुभयो भन्ने सवालको विश्लेषण गर्नु निकै चाँडै भएको व्याख्या गर्नु हुने सुवारावले भारतको मुद्रास्फिति बढ्नुमा खाद्य मूल्यको वृद्धि, वस्तु बजारमा विशेष गरी कच्चा तेलको मूूल्य वृद्धि र अन्य मागको दबाब कारण रहेको जानकारी दिनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: