गलत समयमा शेयर धितो कर्जा सहुलियत

अन्जनप्रसाद पौड्याल
अध्यक्ष
नेपाल शेयर दलाल संघ

अञ्जनराज पौड्याल, अध्यक्ष स्टक ब्रोकर एसोसिएसन अफ नेपाल

नेपाल शेयर दलाल संघका अध्यक्ष अन्जनप्रसाद पौड्याल थ्राइभ ब्रोकरेज हाउस प्रालिका महाप्रबन्धक एवम् नेपाल शेयर दलाल संघका अध्यक्ष हुनुहुन्छ । करिब साढे दुई महिना अघि अध्यक्ष नियुक्त हुनुभएका उहाँसँग नेपाल समाचारपत्रका बाबुकृष्ण महर्जनले पुँजी बजारको समसामयिक पक्षबारे गरेको कुराकानीको सारसंक्षेप

बजेटमा सकारात्मक सम्बोधन भएको अवस्था छ, अब बजार कतातिर लाग्ने अनुमान गर्नुभएको छ ?
बजेटमा नीतिगत रुपमा ५ प्रतिशत पुँजीगत लाभकर घटाइएको छ ।
सामूहिक लगानी कोषलाई प्रोत्साहन दिने भनिएको छ । शेयर जागरण कार्यक्रमहरु कलेज स्तरमा गर्ने भनेको छ । देश विदेशबाट अनलाइनमार्फत कारोबार गर्ने कुराहरु परेका छन् । अघिल्लो बजेट भाषणमा शेयर बजारलाई विशेष रुपमा केन्द्रित गरेर कार्यक्रम आउँदैन थियो । एक दुई लाइनमा करको कुरा मात्र आउँथ्यो । यी दुई चार वटा कार्यक्रम एकैचोटि आउँदा लगानीकर्तामा उत्साह चाहि थपिएको छ । नीतिगत रुपमा कसरी कार्यान्वयन हुने वा कति बजेटिङ गर्ने भन्ने त हेर्न बाँकी नै छ । बजेटमा गरिएको सम्बोधनले घ्टदो बजारमा लगानी गर्नको लागि एउटा ठूलो सहयोग चाँहि गरेको छ ।
प्राविधिक रुपमा हेर्दा पनि सीडीएस प्रणाली ल्याउने भनिएको छ । भाद्रसम्ममा सञ्चालनमा आउने भनिएको छ । तर आगामी ६ महिनाभित्र सञ्चालनमा आउने आशा हामीले गरेका छौं । बजारलाई नभई नहुने सामूहिक लगानी कोष सञ्चालनको लागि चार वटा कम्पनीले निवेदन दिइसकेको छ । अहिलेको बजारको अवस्थामा पनि कोष सञ्चालनमा आउन खोज्नु भनेको बजारमा तिनीहरुले केही फाइदा हुने लक्षण देख्नु हो । सीडीएस आउने वित्तिकै लामो कागजात जुटाइराख्नु पर्ने झन्झटबाट मुक्त भइन्छ । त्यस्तै क्रेडिट रेटिङ एजेन्सी पाइपपाइनमा रहेका छन् । यी सबै सकारात्मक क्रियाकलापका कारण अन्य कुनै नीतिगत अवरोध आएन भने बजार आगामी दिनमा बढ्ने आशा गर्न सकिन्छ ।
अहिले शेयर मूल्य एकदमै तल झरेको स्थिति छ, अहिलेको मूल्यमा लगानीकर्ताले शेयर खरिद गरेमा नाफा कमाउन सक्लान त ?
अहिलेका कम्पनीहरुको कुरा गर्ने हो भने त कतिपय कम्पनीहरु प्राथमिक शेयर निष्काशनमा जारी भएको मूल्य भन्दा पनि तल झरिसकेका छन् । नेटवर्थ भन्दा पनि घटेको कम्पनी पनि छन् । साधारण रुपमा सबै कम्पनीको शेयर नै खरिद गर्न योग्य छ भन्ने स्थिति अझै पनि छैन । आइपीओ मूल्य भन्दा घटे पनि कुनै कुनै कम्पनीको शेयर नकिन्नु नै भन्छौं । तिनीहरु पूर्व कार्यसम्पादनको आधारमा तिनीहरुको आम्दानी र प्रतिफल एवम् संस्थागत शुसासनको अवस्था हेरी सुझाव दिन्छौं । पूर्व कार्यसम्पादनको अध्ययन गरेर विगत ३।४ वर्षदेखि लाभांश दिइरहेको कम्पनीहरुको पोर्टफोलियो राखी शेयर खरिद गर्ने हो भने अहिलेको समय एकदम उत्तम समय हो । पोर्टफोलियो विविधिकरण गरेर बैंक, फाइनान्स, जलविद्युत, होटल, विमा गरी राम्रा कम्पनी छानी शेयर खरिद गर्नु राम्रँे हुन्छ ।
शेयर बजार घट्दा बेच्ने र बढ्दा किन्ने लगानीकर्ता बढ्ने प्रवृत्ति नेपाली लगानीकर्तामा विद्यमान छ । यसलाई तपाईले कस्तो विश्लेषण गर्नुहुन्छ ?
शेयर बजार साधारणतया संवेदनशील बजार हो । विगत ४ ५ वर्षको स्थिति अध्ययन गर्दा यो चक्र तीन चार चोटि घटित भइसकेको छ । यसो हुनुमा एउटा लगानीकर्तामा परिपक्व लगानी गर्न सक्ने खुबीको अभाव हुनु र अर्को कुनै हल्लाको पछाडि लगानीकर्ता लाग्ने गर्नाले हो भन्नुपर्छ । मिडियामा कुनै जानकारी आएर अब शेयर बजार बढ्छ भन्ने हुनासाथ आफूले केही विश्लेषण नगरी हटारिएर किनिहाल्ने प्रवृत्ति छ । त्यस्तै अब कुनै शेयर घट्न सक्ने जानकारी आएमा हिजोसम्म नाफामा पनि बेच्न नखोज्ने लगानीकर्ता हटारिएर घाटामा पनि बेचिहाल्ने स्थिति छ । हामीले भन्दाखेरि त्यस्तो सूचना आँउँदा निश्चित क्ष्ँेत्रको कम्पनी मात्र घटबढ हुनुपर्ने हो, यहाँ त सबै बढ्ने र सबै घट्ने प्रवृत्ति छ । यस्तो स्थितिमा लगानीकर्तामा विवेकपूर्ण लगानी गर्ने खुबी खट्केको महसुस हुनछ । आत्तिएर बेचिहाल्ने र हतारिएर किनिहाल्ने प्रवृत्ति हामीले पटक पटक देखेका छौं ।
विगतमा शेयर बजारमा आम्दानी राम्रो भएका, ऐच्छिक अवकाश लिएकाहरु, व्यक्तिगत रुपमा कुनै रोजगारीमा नभएकाहरुको समूह लगानकिर्ता थिए । अहिले बजारमा स्नातक वा स्नातकोत्तर पढ्दै गरेका युवा लगानीकर्ताहरु प्रवेश गरेको स्थिति छ । उहाँहरुले धेरै जिज्ञासाहरु राखिरहेको हुन्छ । उहाँहरुले व्यक्तिगत रुपमा पनि विभिन्न कम्पनीहरुको विश्लेषण गर्नुहुन्छ । यो चाँही शेयर बजारको लागि खुशीको कुरा हो । हामी चाहन्छौ कि १० जना मानिसले १ लाख रुपियाँ लिएर आओस्, यसबाट लगानीकर्ताको संख्यामा त वृद्धि भयो नि । बजार वृद्धि गर्नमा उनीहरुले भूमिका निर्वाह गर्छन् ।

आफ्नै जोखिममा शेयर धितो कर्जाको मात्रा तोक्ने जिम्मा दिएपछिको अवस्था कस्तो छ ?
अहिले शेयर धितो कर्जाको व्याजदर एकदम बढी छ । त्यस अनुसार बजारले प्रतिफल दिन सकेको छैन । केही समय पछि यसले सकारात्मक असर देखाउने आशा भए पनि अहिलेलाई यसले खासै असर पारेको देखिएन । यो ठिक समयमा आइदिएन । जुन बेला बजार ७ सयको हाराहारीमा स्थिर भइरहेको थियो, त्यसबेला आएको भए यसले केही असर देखाउँथ्यो होला । अहिले बजार घटेर २ सय ९२ भन्दा पनि तल झरेर फेरि बढेको स्थिति हो । अहिलेको स्थिति भनेको ऋण दिनेसँग त्यस्तो धेरै रकम ऋण दिने क्षमता पनि छैन भने ऋण लिनेले पनि त्यत्रो उच्च व्याजदरमा ऋण लिएर प्रतिफल पाउँछ कि पाउँदैन भन्ने प्रत्याभूति नै छैन । तत्कालको लागि हामीले शेयर मार्जिन कर्जामा दिइएको छुटले केही असर गर्ने देखेको छैन ।

अहिलेको स्थितिमा विदेशी लगानीकर्ता वा एनआरएनले नेपाली शेयर बजारमा लगानी गर्न आउलान त ?
एनआरएनलाई शेयर बजारमा भित्र्याउनु सकारात्मक कुरा हो । सानिमा विकास बैंक, स्ट्यान्डर्ड फाइनान्समा पनि एनआरएनको प्रशस्त लगानी आयो नआएको होइन । एनआरएनलाई लगानी गर्ने वातावरण दिनको लागि प्रविधि सुधारोन्मुख हुनु प¥यो । उसले विदेशबाट पनि अर्डर दिएर कुनै कम्पनीको शेयर खरिद वा बिक्री गर्न सक्ने होस् । अहिलेको जस्तो अर्डर फर्म भर्ने नामसारीको लागि धाउने प्रक्रियाले यसलाई बढावा दिँदैन । अहिले बजारमा विश्लेषण गरेर लगानी गर्ने हो भने प्रतिफल पाउन सक्ने प्रशस्त सम्भावना छ । यसलाई हेरेर एनआरएनहरु अहिले नआए पनि विस्तारै लगानी गर्न लालायित हुन्छन् भन्ने आशा गर्न सकिन्छ । तिनीहरुलाई विदेशमा बस्दा पनि शेयर किनबेच गर्न सक्ने सुविधा भने जुटाइदिनुपर्छ ।

अन्य क्ष्ँेत्रको लगानीकर्ता शेयर बजारतिर आकर्षित गर्ने अवस्था कस्तो देख्नुभएको छ ?
कतिपय लगानीकर्ता बजारबाट बाहिरिए । शेयर बजार घट्दा कतिपय लगानीकर्ता कमोडिटिज मार्केटतिर पनि गए । रियल स्टेट तिर पनि गए । शेयर लगानीकर्ता भनेर विशेष रुपमा यही बजारमा मात्र लगानी गर्ने भन्ने पनि हुँदैन । आफ्नो क्ष्ँेत्रमा लगानी गरेर बाँकी रहेको पैसा लगानी गरौं भन्ने हिसाबले लगानीकर्ताहरु आउनुहुन्छ । रियल स्टेट, कमोडिटिज मार्केटमा गएका लगानीकर्ता बजार स्थिर भएको अवस्थामा यस क्षेत्रमा फर्केको हामीले अनुभव पनि गरेका छांैं । बजारमा ल्याउने भनिएका सीडीएस, म्युचुएल फन्ड, क्रेडिट रेटिङ एजेन्सी जस्ता पूर्वाधारहरु बजारमा ल्याइए लगानीकर्ताको ठूलो समूह यस बजारमा प्रवेश गर्न सक्नेछ ।

Leave a comment