तीन महिनासम्म किस्ता नतिरेमा पनि असल कर्जा

विद्युत परियोजनामा राष्ट्र बैंकको सहुलियत
काठमाडौं
नेपाल राष्ट्र बैंकले जलविद्युत परियोजना, विद्युत प्रसारण लाइन र केवलकार निर्माण परियोजना कर्जाको कुन ैकिस्ताले भाका नाघेको खण्डमा ९० दिनसम्मलाई असल कर्जाको रुपमा १ प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ । अन्य कर्जामा भाका नाघेको अवस्थामा २५ प्रतिशतदेखि सतप्रतिशतसम्म कर्जा नोक्सानी व्यवस्थ गर्नुपर्ने प्रावधान रहेको छ ।
देशको आवश्यकता अनुसार लोडसेडिङको अन्धकारबाट देशलाई मुक्त गर्न यस्ता परियोजनाहरुमा जाने कर्जाको किस्ता कुनै कारणवश भुक्तानी गर्न नसकिएमा पनि तीन महिनासम्मलाई असल कर्जा सरह नै १ प्रतिशतमात्र कर्जा नोक्सानी व्यवस्था गरे पुग्ने छुट प्रदान गरेको हो ।
राष्ट्र बैंकले कुनै एकै फर्म वा कम्पनीलाई कोषमा आधारित र गैर कोषमा आधारित समेत गरी बढीमा पं्राथमिक पुँजीको २५ प्रतिशतसम्म मात्र कर्जा प्रदान गनृ सक्ने जनाएको छ तर जलविद्युत परियोजना, विद्युत प्रसारण लाइन र केवलकार निर्माण जस्ता परियोजनाहरुमा भने कोषमा आधारित र गैर कोषमा आधारित सुविधा समेत गरेर प्राथमिक पुँजीको बढीमा ५० प्रतिशतसम्म लगानी गर्न सक्ने छुट प्रदान गरिएको छ । जलविद्युत परियोजनाको हकमा प्राथमिक पुँजीको २५ प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्नुपर्ने अवस्थामा सम्बन्धित निकायसँग अनिवार्य रुपमा विद्युत खरिद सम्झौता भएको हुनुपर्ने अर्को शर्त समेत तेस्र्याइएको छ ।
विद्युत परियोजनाको सन्दर्भमा विद्युत उत्पादन हुने समयबाट किस्ता असुल गर्न शुरु गर्नुपर्ने जनाइएको छ ।
बैंक तथा वित्तीय संस्थाले प्राथमिकता प्राप्त जलविद्युत परियोजना, विद्युत प्रसारण लाइन र केवलकार निर्माण परियोजना सञ्चालन गर्न स्थापित कम्पनी धितोपत्र बजारमा सुचीकृत नभएको अवस्थामा लगानी गरेको तीन वर्ष भित्र पनि सुचीकृत नभएमा लगानी भए बराबरको रकम लगानी समायोजन कोष खडा गरी कोषमा जम्मा जर्नुपर्नेछ । त्यस्तो कोषमा राखिउको रकमलाई सुचीकृत नभएसम्म अन्य कुनै प्रयोजनका लागि उपयोग गर्न नपाइने राष्ट्र बैंकले निर्देशन दिएको छ ।
त्यस्तै विदेशी लगानीकर्ताले नेपाल भित्र लगानी गरी आर्जन गरेको लाभांश रकम सम्बन्धि देशको केन्दं्रीय बैंकको सहमतिमा बैंक तथा वित्तीय संस्थामा खाता खोली एक वर्षको लागि जम्मा गर्न सक्नेछन् । रकम जम्मा गर्दा विनिमय दर, व्याजदर लगायतका निहित जोखिमको जिम्मेवारी खाता खोल्ने लगानीकर्ताले नै लिनुपर्ने र यस्ता प्रकारको खाताको अर्धवार्षिक विवरण केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा पेश गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: