सीडीएस विनियमावलीको तयारी

अञ्जनराज पौड्याल, अध्यक्ष स्टक ब्रोकर एसोसिएसन अफ नेपाल

मैले स्टक ब्रोकर एसोसिएसनको अध्यक्ष पद सम्हालेको झन्डै दुई महिना भयो । यसबीचमा एसोसिएसनलाई चिनाउन धेरै मेहनत गर्नुप¥यो । अघिल्लो कार्यकाल केही निष्क्रियजस्तो देखि“दा तपाईंहरूको पनि एसोसिएसन छ र ? भन्ने प्रतिक्रिया पाइन्थ्यो । त्यो अवस्थामा रहेको एसोसिएसनलाई सबैका सामु परिचित गराउनमै अध्यक्ष छानिएपछिका मेरा हप्ताहरू बित्ने गरेका छन् । सक्रियतासाथ यसका गतिविधि अघि बढाइ“दै आएका छन् । मेरो विगतको हप्ता पनि यस्तै गतिविधि अनि अनुभूतिहरूमा व्यतीत भयो । मेरो बुबा पहिला ३ नम्बरको अरुण सेक्युरिटिजमा प्रबन्ध सञ्चालकका रूपमा कार्यरत हुनुहुन्थ्यो । एसोसिएसनकै महासचिवका रूपमा पनि उहा“ले काम गर्नुभयो । बुबाले गरेको कामलाई निरन्तरता दिएर नै म यस क्षेत्रमा लागेको हु“ । म केही समय भारतको मुम्बईमा पनि थिए“ । सन् १९९८ तिर नै भारतले पु“जी बजारको क्षेत्रमा ठूलो फड्को मारिसकेको थियो । त्यसलाई हेरेर नेपालमा पनि यस क्षेत्रमा केही गर्न सकिन्छ भन्ने लागेर नै शेयर दलाली पेसामा लागेको हु“ु । उक्त समयमा नेपालमा ओपन आउट क्राइ प्रणालीबाट शेयरको किनबेच हुन्थ्यो भने भारतमा कम्प्युटर प्रणालीबाट नै शेयर किनबेचको काम भइसकेको थियो । शुरूमा यस थ्रँइभ ब्रोकरेज हाउसको ट्रेड रिप्रेजेन्टेटिभका रूपमा काम गरे“ । पछि महाप्रबन्धक हु“दै कम्पनी नै खरिद गरे“ । यो पृष्ठभूमिबाट आएको मैले आफ्नो क्षेत्रमा अझै धेरै गर्नुपर्ने अनुभूति प्रायः भई नै रहन्छ । गत हप्ता पनि त्यसखाले अनुभूतिले छोडेन । सामान्य दैनिकी त प्रायः हरेक हप्ता उस्तै नै हुन्छन् । हरेक बिहान ६ बजे उठ्छु । चिया खा“दै पत्रपत्रिका पढछु । कार्यालयका कामहरू घरमै पनि गर्छु, बिहान–बेलुकीको समयमा । बिहान करिब १० बजेतिर कार्यालय पुग्ने गर्छु । साधारणतया अध्यक्षको जिम्मेवारी सम्हालेपछि कार्यालयमा खासै समय दिन पाएको छैन । राति ११ बजेतिर सुत्ने गरेको छु । गत हप्ता केन्द्रीय निक्षेप प्रणालीको विनियमावली बनाउने कामलाई अन्तिम रूप दिन छलफलमा व्यस्त भइयो । भारतमा १ सय करोडको सीडीएस कम्पनी र दलाल कम्पनी २ करोडको मात्र छ । दलाल कम्पनीले सीडीएस कम्पनीको कुल नेटवर्थको २ प्रतिशत मात्र मागेको छ । हाम्रो सन्दर्भमा ३० लाख रुपिया“को चुक्ता पु“जी भएको सीडीएस कम्पनी छ तर हामीलाई चाहि“ १ करोडको नेटवर्थ चाहिन्छ भनिइरहेको छ । दलाल कम्पनीलाई डिपोजिटरी पार्टनरका रूपमा ल्याउने भनिएको छ भने सर्तमा दलाल कम्पनीको नेटवर्थचाहि“ १ करोड हुनुपर्ने बताइएको छ । जबकि अहिले नया“ आउने दलाल कम्पनीको चुक्ता पु“जी २० लाख रुपिया“ मात्र छ । कम्पनीले विस्तारै यो–यो क्ष्ँेत्रमा प्राविधिक रूपमा स्तरोन्नति गर भन्नुपर्नेमा नेटवर्थ मात्र बढाउन खोजेको छ । हामीले एसोसिएसनका तर्फबाट यसमा असहमति जनाएका छौं । त्यस्तै नेपाल धितोपत्र बोर्डले तयार गर्दै गरेको पा“चवर्षे पु“जी बजार गुरुयोजनाका लागि पनि निकै समय खर्चिइयो गत हप्ता । एसोसिएसनका तर्फबाट यस विषयमा ठोस सुझाबहरू दिने काम भयो । हाल बोर्ड धितोपत्र बा“डफा“ड निर्देशिका बनाउने तयारीमा छ । त्यसबारेमा पनि एसोसिएसनले सुझाब दिने काम ग¥यो । तत्काल रूपमा स्टक एक्सचेन्जका आन्तरिक समस्या नै धेरै छन् । सिस्टम सफ्टवेयरमा नै समस्या आउने भइरहेको छ । ‘टी प्लस थ्री’ को प्रावधानअनुसार काम हुने भनिए पनि सोअनुसार हुन सकेको छैन । कारोबार गरेको न्यूनतम हप्ता दिनपछि मात्र शेयर बिक्री गर्नेले भुक्तानी पाउने अवस्था विद्यमान छ । नत्र १५ दिनसम्म पनि लाग्ने गरेको छ । शेयर प्रमाणपत्र पाउन त्यस्तै १५ दिनदेखि १ महिना लाग्छ । एसोसिएसनको पहलमा ट्रेडिङ सफ्टवेयरको स्तरोन्नति गर्ने र नया“ सर्भर राख्ने विषयमा कुरा अगाडि बढिरहेको छ । हाम्रो धेरै समस्या भनेको स्टक एक्सचेन्जमा नै छ । प्रभावकारी व्यवस्थापन नहुने र राजनीतिक नियुक्तिमा संस्थाप्रमुख आउने हु“दा व्यावसायिक व्यवस्थापन नहुने समस्यासमेत विद्यमान छ । गत हप्ता हाम्रो बैंकिङ पार्टनरका रूपमा रहेको बैंक अफ काठमाडौंस“ग बसेर दलाल कम्पनीहरुलाई सहुलियत दरमा ओभरड्राफ्ट कर्जा, बैंक ग्यारेन्टी र चेक पर्चेजका कुराहरूमा केही सुविधा दिनेबारे छलफल गरिएको छ । यसबारे दुवै पक्ष समझदारीपत्रमा हस्ताक्षरको तयारीमा छन् । कार्यसमितिमा आइसकेपछि मैले था“ती बसेका यस्ताखाले थुप्रै कामलाई प्राथमिकतासाथ अगाडि बढाएको छु, यही नै मेरो अहिलेसम्मको उपलब्धि हो जस्तो लाग्छ ।

One Response

  1. Nice Blog and Nice Article……..

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: