मुद्रास्फिति कृषकका लागि फाइदाजनक ः पूर्व अर्थसचिव खनाल

काठमाडौं, (नेस) ।
अर्थ मन्त्रालयका पूर्व अर्थसचिव रामेश्वर खनालले मुद्रास्फिति बढ्नु भनेको कृषकहरुले पुरस्कार पाउनु भएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्व अर्थ सचिव खनालले मुद्रास्फिति गणना गर्दा खाद्य वस्तुको भार अत्यधिक रहेको कारण मुद्रास्फिति बढ्नु भनेको खाद्य वस्तु उत्पादन गर्ने कृषकहरुलाई पुरस्कार रहेको विचार व्यक्त गर्नुभयो ।नेपालको कुल जनसंख्याको ७५ प्रतिशत जनतामा कृषिमा आश्रित रहेको र मूल्य वृद्धि हुँदा यसको फाइदा कृषकले पाउने बताउनुभयो ।
नेपालको कुल उत्पादनको धेरै अंश उपभोगमा खर्च भएकोलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँदै उहाँले यसबाट नेपालमा बजारमा माग रहेको सामानको उत्पादनमा बल पुग्ने बताउनुभयो ।
वैदेशिक रोजगारमा गएका नेपालीहरु भोलिको उद्योगी रहेको बताउँदै विदेशिकाहरुले पैसा मात्र पठाउने नभएर त्यहाँबाट सीप समेत सिकेर नेपालको अर्थतन्त्रमा योगदान दिने बताउनुभयो ।
नेपालको अर्थतन्त्रको मुख्य समस्या ऊर्जा संकट र श्रम समस्या मुख्य रहेको बताउँदै ग्रामीण कृषकलाई अनुदानभन्दा बजार पहँचको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय मुद्रा कोषका नेपाल र भारतका लागि वरिष्ठ आवासीय प्रतिनिधि सञ्जय पन्थले नेपालको व्याजदर भारतकै तहमा रहनुपर्ने बताउनुभयो । नेपालको अर्थतन्त्र रेमिट्यान्स र उपभोगमा आधारित रहेको र उत्पादनशील क्षेत्रको अभाव रहेको बताउनुभयो ।
अर्थशास्त्री प्राडा मदन दाहालले पारवहन मार्ग र समुद्र मार्गको पहुँच नहुनाले नेपालको अर्थतन्त्र विश्वकै महंगो अर्थतन्त्र बन्दै गएको बताउँदै व्यापारीलाई पनि कृषि क्षेत्रमा आकर्षित पार्नुपर्ने बताउनुभयो । कृषि क्षेत्रमा रहेको अत्यधिक जनशक्तिलाई अन्य उत्पादनशील क्षत्रेमा लाग्ने वातावरणको निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मुद्रास्फिति बढ्दा कृषकले फाइदा लिने भनाईको खण्डन गर्दै उहाँले यसबाट मध्यमार्गी तत्वले मात्र फाइदा लिने बताउनुभयो ।
कार्यक्रममा पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले मध्यमार्गी तत्वले फाइदा उठाउने हुनाले तल्लो तहका व्यक्तिलाई फाइदा दिन सहकारीलाई प्रोत्साहन गरिएको बताउनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: