रिटेल लगानीकर्तालाई ४० प्रतिशतसम्म शेयर बाँडफाँड

शेयर बाँडफाँड निर्देशिका परिवर्तन हुने
बाबुकृष्ण महर्जन
काठमाडौं
नेपाल धितोपत्र बोर्डले पुरानो शेयर बाँडपाmँड निर्देशिका खारेज गरी बढी आवेदन गर्ने आवदेकलाई बढी शेयर बाँडफाँड गर्ने गरी नयाँ निर्देशिका ल्याउने तयारी गरेको छ । न्यूनतम शेयर कित्ताको लागि आवेदन गर्दा शेयर बाँडफाँडमा पर्ने सम्भावना बढी रहेको पुरानो निर्देशिका बोर्डले २०५१ सालमा जारी गरेको थियो । तत्कालीन समयमा जनतालाई शेयरको बारेमा जानकारी दिएर बढी भन्दा बढी जनतालाई बजारमा भित्र्याउने पहल स्वरुप सो निर्देशिका जारी भएको थियो । २०५८ मा शेयर बजारमा तेजी आउनु भन्दा अगाडिसम्म सीमित व्यक्तिहरुले मात्र शेयर बजारमा लगानी गर्दथे । वाणिज्य विषयसँग सम्बन्धित सिमीत विद्यार्थी, शिक्षक, उद्योगी व्यापारी यस बजारका लगानीकर्ता हुन्थे । किस्ट मर्चेन्ट बैकिङ एन्ड फाइनान्स कम्पनीको सार्वजनिक शेयर निष्काशन हुँदा शेयर पूर्ण रुपमा बिक्री नहोला भनेर कर्मचारीहरुले आफन्तहरुलाई शेयर किन्नको अनुरोध गरेर शेयर बिकाएको सम्बन्धित कर्मचारीहरु बताउँछन् । २०५८ सालमा शेयर बजारमा तेजी आएर विस्तारै कृषि विकास बैंकले गाउँ गाउँमा रहेका ऋणीलाई शेयर दिएपछि यसको विस्तार देशभरि फैलिएको मानिन्छ । सीमित शेयर लगानीकर्ताले शेयरबाट नाफा कमाएको देखेपछि बजारमा देखासिकीमै शेयर लगानीकर्ताहरु बढेको हो । शेयर दोस्रो बजारमा लगानीकर्ताहरु खासै उत्साहित नभए पनि प्राथमिक शेयर निष्काशनमा जारी गरेको शेयर भन्दा धेरै नै बढी शेयर आवेदन पर्न थाल्यो ।
आव २०६२।६३ तिर निष्काशन गरिएको गोरखा विकास बैंकमा १ सय ८ गुणा र हिमचुली विकास बैंकमा १ सय ३३ गुणनासम्म शेयर आवेदन परेको थियो । त्यस समयमा टाठाबाठा लगानीकर्ताले अन्य व्यक्तिहरुको नागरिकता बटुलेर शेयर आवेदन गरेकाले धेरै गुणा शेयर पर्ने गरेको साधारण शेयर लगानीकर्ता सुधीर ज्ञवाली बताउनुहुन्छ । थोरै थोरै कित्ताको धेरै संख्यामा शेयर भर्दा पर्ने धितोपत्र बोर्डको नीतिको फाइदा उठाउँदै बोराका बोरा फर्म भरेर शेयर भर्ने गरेको उहाँ बताउनुहुन्छ ।
बोर्डले अर्काको नागरिकता र फोटो लिएर शेयर भर्ने कार्यलाई निरुत्साहित गर्न नागरिकता फोटोकपीमा स्वप्रमाणित गर्नुपर्ने, फर्ममा सम्बन्धित लगानीकर्ताको फोटो अनिवार्य र लगानीकर्ताको कुनै बैंक तथा वित्तीय संस्थामा अनिवार्य खाता हुनुपर्ने जस्ता नियमहरु ल्याइए । वास्तविक लगानीकर्ताले शेयर पाउन मुश्किल स्थिति सिर्जना भएपछि बोर्डले नयाँ शेयर बााडफाँड निर्देशिका ल्याउने कसरत शुरु गरेको हो ।
प्रस्तावित नयाँ निर्देशिकामा ५० हजार रुपियाँसम्मको शेयर भर्ने लगानीकर्तालाई रिटेल लगानीकर्ताको समूहमा राखिएको छ । रिटेल लगानीकर्तालाई कुल निष्काशित शेयरको ४० प्रतिशतसम्म बाँडफाँड गर्नुपर्ने उल्लेख छ । नेपाल धितोपत्र बोर्डका निर्देशक निरज गिरीले लगानी गरेको आधारमा शेयर दिनको लागि नयाँ निर्देशिका ल्याउन लागिएको र सम्बन्धितको राय संकलन गर्न प्रस्तावित निर्देशिका बोर्डको वेवसाइटमा समेत राखिएको बताउनुभयो ।
‘पुरानो निर्देशिकामा सानो कित्ता निवेदन गर्नेलाई धेरै भार दिनुपर्ने बाध्यता थियो । नयाँ निर्देशिकामा समानुतिक ढंगले शेयर बाँडफाँड गर्ने प्रस्ताव गरिएको छ ।’–उहाँले भन्नुभयो ।
धितोपत्र बोर्डको पछिल्लो नियम अनुसार आयोजना प्रभावित जिल्लामा कुल शेयरको १० प्रतिशत, कम्पनीका कर्मचारीलाई ५ प्रतिशत ३ वर्षसम्म बेच्न नहुने शर्तमा वितरण गर्नुपर्दछ । त्यसैगरी ५ प्रतिशत सामूहिक लगानी कोषलाई समेत छुट्याउनुपर्छ । प्रस्तावित निर्देशिका अनुसार ४० प्रतिशत रिटेल लगानीकर्तालाई छुट्याउँदो बाँकी ४० प्रतिशत मात्र संस्थागत लगानीकर्ता र अन्य ठूला लगानीकर्तामा शेयर बाँडफाँड हुन जान्छ । बोर्ड निर्देशक गिरी सम्बन्धित सबैको राय बुझेपछि प्रतिशत थपघट हुने बताउनुहुन्छ ।
निकट भविष्यमा नै सीडीएस प्रणालीमा शेयर बाँडफाँड शुरु हुने हुँदा १० कित्ताभन्दा तल पनि समानुतिक रुपमा शेयर बाँडफाँड गर्न सकिने र सो शेयर कारोबारमा पनि समस्या नहुने उहाँको विश्लेषण रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: