शेयर बजार ५ प्रतिशतले बढ्यो

बजेटको सकारात्मक प्रभाव

बाबुकृष्ण महर्जन (काठमाडौं)

बजेटमा गरिएको सकारात्मक सम्बोधनको प्रभावस्वरुप नयाँ आर्थिक वर्षको पहिलो दिन आइतबार शेयर कारोबारमा तेजी आएको छ । आइतबार शेयर मूल्यको आधारमा तय गरिने नेप्से परिसूचकमा सर्किट ब्रेकर लागेर ५ प्रतिशत भन्दा बढी अर्थात १९ दशमलब १८ विन्दुले वृद्धि भई ३ सय ७८ दशमलब १८ विन्दुमा पुगेको छ । ३ प्रतिशत वृद्धि हुँदा १५ मिनेट, ४ प्रतिशत वृद्धि हुँदा ३० मिनेट र अन्तिममा ५ प्रतिशतले वृद्धि भएपछि करिब साढे १ बजेतिर दिनभरिको लागि बजार बन्द गरिएको थियो । सामान्यतया दिनको १२ बजेदेखि ३ बजेसम्म ३ घण्टा शेयर बजारको कारोबार हुने गर्दछ । आइतबार ७४ करोड ६० लाख रुपियाँ बराबरका ४ लाख ८६ हजार ८ सय २६ कित्ता शेयरको कारोबार भएको छ । गत वर्ष औसत दिनको ४ करोड २४ लाख रुपियाँको कारोबार भइरहेकोमा यो विगत दुई तीन वर्षकै यो सबैभन्दा अत्यधिक कारोबार हो । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष अन्जनराज पौडेलले बजेटमा गरिएको सकारात्मक सम्बोधनको प्रभाव स्वरुप शेयर बजार वृद्धि भएको बताउनुभयो ।‘पुँजीगत लाभ करलाई व्यक्तिगतमा ५ प्रतिशत घटाएर ५ प्रतिशत र संस्थागतमा ५ प्रतिशत घटाएर १० प्रतिशत पु¥याइएको छ । त्यसैगरी गैरआवसीय नेपालीलाई शेयर बजारमा लगानी गराउने, सामूहक लगानी कोषलाई सहुलियत दिनेलगायतका थुप्रै कुराहर एकैचोटि सम्बोधन हुँदा बजारमा सकारात्मक प्रभाव परेको हो ।’–उहाँले भन्नुभयो । शेयर विश्लेषक रविन्द्र भट्टराईले शेयर बजारमा सरकारले चासो दिएको प्रभावस्वरुप लगानीकर्तामा आत्मविश्वास बढेकाले शेयर बजारको बढेको बताउनुभयो । ‘बजेट भाषणमा पुँजी बजार शीर्षक राखेर थुप्रै हरफमा ब्याख्या गरेर कार्यक्रम ल्याएको देखियो । पुँजीगत लाभकर घटाउने, गैरआवासीय नेपालीलाई लगानी गर्न लगाउने कार्यविधि तयार गर्ने, संस्थागत लगानीकर्तालाई सहुलियत दिने लगायतका प्रावधान बजेटमा छन् । त्यसैगरी विदेशबाट पनि लगानी गर्न सक्ने सहुलियत दिने समेत उल्लेख छ । यसकारण शेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।××’–उहाँले भन्नुभयो । नेपाल राष्ट्र बैंकले केही दिन अगाडि निर्देशिकामार्फत ल्याएको मार्जिन लेन्डिङलाई बैंक तथा वित्तीय संस्थाको जोखिममा छोडेर कर्जा प्रवाह गर्ने र १० लाख रुपियाँसम्मको निक्षेप जम्मा गर्दा गैरकानुनी रुपमा आर्जन नगरेको स्वघोषणा गरे पुग्ने जस्ता सहज क्रियाकलापका कारण पनि शेयर बजार बढ्न मद्दत पुगेको उहाँको विश्लेषण रहेको छ । गत तीन वर्षदेखि समयमा बजेट आउन नसकेर तरलता अभाव रहेकोमा चालु आवमा शुरुमै बजेट आएकाले तलता अभाव कम हुन गई व्याज दरमा कमी आउने र यसबाट थप लगानी शेयर बजारमा आउने अपेक्षाले पनि बजार बढेको उहाँको थप विश्लेषण रहेको छ । आइतबार नेपाल बंगलादेश बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, बैंक अफ काठमाडौं, नबिल बैंक, डीसीबीएल बैंक र लुम्बिनी बैंकको अत्यधिक शेयर मूल्यमा वृद्धि भएको थियो भने लर्ड बुद्ध फाइनान्स, बोटलर्स नेपाल लिमिटेड र भृकुटी विकास बैंक लिमिटेडको शेयर मूल्यमा गिरावट आएको थियो । कारोबार रोक्का नेपाल स्टक एक्सचेन्जले क्रिस्टल फाइनान्स लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक बीच मर्ज हुन लागेको सूचना पेश गरेपछि कारोबार स्थगित गरिएको छ । एक्सचेन्जले मर्ज प्रक्रिया पूरा भएपछि मात्र पुनः कारोबार खुला गर्ने जनाएको छ । बोटलर्सको ७२ करोडको कारोबार आइतबार कारोबार रकमका आधारमा बोटलर्स नेपालको सबैभन्दा बढी ७२ करोड ५१ लाख रुपियाँको कारोबार भएको थियो । उक्त कम्पनीको शेयर खरिद र बिक्री दुवै १७ नम्बरको एबीसी सेक्युरिटिजले गरेका थिए । उक्त शेयर दलालले ५० कित्ता र ४ लाख २८ हजार ७ सय ५५ कित्ता गरी दुई कारोबारमा उक्त रकम बराबरको कारोबार गरेको हो । बोटलर्स नेपालको ठूलो परिमाणको शेयर खेतान समूहले बिक्री गरेको बताइएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: