निजी क्षेत्रलाई अवमूल्यन गरिएको छैन ः अर्थमन्त्री अधिकारी

काठमाडौं, (नेस) ।
अर्थमन्त्री भरतमोहन अधिकारीले अन्तरिम संविधान, त्रिवर्षीय अन्तरिम योजना र सरकारले हालै जारी गरेको श्वेतपत्रलाई आधार बनाएर बजेट निर्माण गरेको बताउनुभएको छ । शनिबार सँँझ अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री अधिकारीले निजी क्षेत्रको भूमिका कटौती हुने गरी सहकारी क्षेत्रलाई प्रबद्र्धन नगरिएको स्पष्टिकरण दिनुभयो । उहाँले भन्नुभयो–‘सहकारी र निजी क्षेत्रका बीचमा द्वन्द्व हुने व्यवस्था गरिएको छैन ।’

सहकारीलाई स–साना उत्पादनमुखी, खाद्य र कृषिजन्य क्रियाकलापहरुमा मात्र सीमित पारिएको बताउँदै उहाँले यसबाट निजी क्षेत्र तर्सिनुपर्ने अवस्था नरहेको बताउनुभयो । संविधानले नै मिश्रित अर्थतन्त्रको वकालत गरेको बताउँदै नियन्त्रित अर्थतन्त्रमा जाने कुनै गुन्जायस नरहेको बताउनुभयो । तीन वर्षको दौरान पहिलोपटक नीति तथा कार्यक्रम पेश भएर बजेट प्रस्तुत गर्न सकेको दृष्तान्त दिँदै अर्थमन्त्री अधिकारीले यसबाट आर्थिक क्ष्ँेत्रमा विश्वासको वातावरण निर्माण गर्ने जानकारी दिनुभयो । साधन स्रोतको कमीका बाबजुद पनि कृषिको उत्पादन बढाउन लगानी अभिवृद्धि गर्ने नीति लिएको बताउनुभयो ।

बजेटलाई सहमतिको दस्तावेज बनाउन खोजिएको जानकारी दिँदै उहाँले २६ पार्टीसँग छलफल गरेर मात्र बजेट ड्राफ्ट गरिएको बताउनु भयो । नक्कली भ्याट बील बनाउनेलाई कारवाही गर्ने भएपछि २ अर्ब थप राजस्व निश्चित भएको बताउँदे उहाँले नककली म्याट बील बनाउन सहयोग पु¥याउने मतियार पनि कारवाहीको घेरामा पर्ने जानकारी दिनुभयो ।
प्रत्यक्ष रुपम बजेट सार्वजनिक हुनु अगाडि नै लिक भएको सम्बन्धमा उहाँले यसमा समग्र प्रणालीकै दोष रहेको बताउनुभयो ।
कार्यक्रममा पत्रपत्रिकामा सार्वजनिक भए जस्तो ४० प्रतिशत भन्दा बढी कर्मचारीको तलब नबढेको जानकारी दिँदै अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख बोधराज निरौलाले औसत २१ दशमलब ९५ प्रतिशत मात्र तलब वृद्धि भएको बताउनुभयो । यता नेपाल रँष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले कर्मचारीको तलब वृद्धिबाट पर्ने प्रभावको बारेमा अध्ययन थाल्ने र मौद्रिक नीतिमा सोही अनुसार सम्बोधन गरिने बताउनुभयो ।
पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिनेशचन्द्र देवकोटाले बजेटले पहिलो प्राथमिकता सूचीमा २ सय ९० वटा, दोस्रो प्राथमिकता सूचीमा १ सय ३९ वटा र तेस्रो प्राथमिकता सूचीमा ३० वटा आयोजना राखेको बताउनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: