ठूला परियोजनालाई विशेष समिति बनाएर अगाडि बढाइने

काठमाडौ, (नेस) । सरकारले अगामि बजेट मार्फत ठूलो परियोजनाहरुलाई भिन्नै विशेष समिति बनाएर अगाडि बढाउने योजना ल्याउने भएको छ । राष्ट्रिय योजना आयोगकका उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाले बजेट सार्वजनिक हुने पूर्व सन्ध्यामा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विद्यमान सरकारी संयन्त्रको क्षमता विस्तार हुन नसक्दा पुजिगत खर्च हुन नसकेर विकास निर्माणमा प्रतिकुल असर परेको भन्दै उपाध्यक्ष देबकोटाले ठूला परियोजनालाई अगाडि बढाउन सम्बन्धीत मन्त्रालयमै छुट्टै विशेष समिति बनाएर काम गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा उपाध्यक्ष देवकोटाले सरकारी संयन्त्रको खर्च गर्ने क्षमता विस्तार हुन नसकेकोले पुजिगत खर्च हुन नसकेको दावी गर्दै बजेट मार्फत सरकारी संयन्त्रको क्षमता विस्तार र पुर्न संरचनाको योजना पनि अगाडि बढाईने बताउनुभयो ।
आगामि बजेट शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउँदै आर्थिक सामाजिक रुपान्तरण गर्ने तर्फ लक्षित हुने भन्दै अन्तरिम संविधान, योजना आयोगको नीति, सरकारको श्वेत पत्र, सरकारको नीति तथा कार्यक्रम र सभासदहरुले दिएको सुझावमा आधारित रहेर बजेट आउने जानकारी दिनुभयो ।
उहाँले आगामि बजेटमा ठूला योजना र सर्वसाधारणको आधारभुत आवश्यकतामा केन्द्रीत हुने भन्दै पुराना ठूलो योजनाहरुलाई निरन्तरता दिने बताउनुभयो । त्रिशुली ३ वी, फास्टट्रयाक, मध्यपहाडि राजमार्ग, हुलाकी राजमार्ग जस्ता पुराना ठूला योजनालाई निरन्तरता दिने गरी बजेट आउने जानकारी दिदै माथिल्लो जलविद्युत आयोजना र मेलम्चि आयोजनालाई केन्द्रीत गरि तत्काल बजेट पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
त्यसैगरी बुढी गण्डकी, नौसलगाडा परियोजनालाई अगाडि बढाउने, काठमाडौ उपत्यकाको भूमिगत जलस्रोत रिचार्ज गर्ने, प्रत्येक जिल्लामा प्राविधिक शिक्षा पु¥याउने र कर्णाली आयोग बनाएर त्यसक्षेत्रमा विशेष कार्यक्रम लैजाने विषयलाई पनि बजेटमा प्राथमिकता साथ राखिएको उहाँले बताउनुभयो ।
३ अर्ब ८१ करोडको सिलिङभित्रै रहेर बजेट ल्याउने तयारी भइरहेको भन्दै उहाँले कर्मचारीको तलब बढ्ने जानकारी दिनुभयो ।
सरकारको तीन खम्बे अर्थनीतिबाट नीजि क्षेत्र आत्तिनु पर्ने कुनै कारण नरहेको तर्क गर्दै उपाध्यक्ष देबकोटाले सहकारीले अझै नीजि क्षेत्रलाई सहयोग गरेर अगाडि बढाउने दावी गर्नुभयो ।
गरिवि निवारण कोषका उपाध्यक्ष विद्याधर मल्लिकले सरकारले ल्याउन लागेको बजेटको आकार ठूलो भएको भन्दै सरकारको राजस्व, बैदेशिक सहयोग र आन्तरिक ऋणको अनुमान बास्तविक नभएको दावी गर्नुभयो ।
कार्यक्रममा अर्थविद् डा विश्वम्भर प्याकुरेलले सरकारले आर्थिक परिसुचकहरुलाई ख्याल नै नगरी बजेट ल्याएको भन्दै यसले अर्थतन्त्रलाई झनै ठूलो समस्यमा पार्ने चेतावनी दिनुभयो ।
उनले उत्पादन शुन्य र मुद्रास्फितीको अवस्था उच्च भएको अवस्थामा ठूलो आकारको बजेट ल्याउँदा मुद्रा स्फितिको दर झनै बढ्दा सर्वसाधारण झनै पिडामा बाच्नु पर्ने अवस्था आउने चेतावनी पनि दिए । उनले भारतीय मुद्राको तुलनामा नेपाली मुद्राको अबमुल्यन नगर्न र घरजग्गाको लगानीलाई खुकुलो बनाउन सुझाव दिँदै शेयर बजार आगामि आर्थिक वर्षबाट दवावमा पर्ने बताउनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: