गोल्डस्टीन विश्व बैंक नेपालको राष्ट्रिय निर्देशक

Ellen Goldstein

काठमाडौं, (नेस) ।
विश्व बैंकले नेपाल र बंगलादेशको लागि राष्ट्रिय निर्देशकमा इलेन गोल्डस्टीनलाई नियुक्त गरेको छ । अमेरिकी नागरिक गोल्डस्टीन नोभेम्बर २००९देखि बंगलादेशका लागि राष्ट्रिय निर्देशकको रुपमा कार्य गरिरहनु भएको छ ।
उहाँले सन् १९८८ मा बृहत अर्थशास्त्रीको रुपमा विश्व बैंकमा कार्यारम्भ गरेर दक्षिण एसिया, पश्चिम अफ्रिका, युरोप र मध्य एसिया एवम् क्यारेबियनमा बैंकका कार्यक्रमहरुमा कार्य गरेका छन् । ‘मलाई अधिकतम परिवर्तन भइरहेको समयमा नेपालमा राष्ट्रिय निर्देशकमा नियुक्ति दिइएकोमा सम्मानित भएको महसुस गरेको छु । म नेपाल सरकार र नेपाली जनतासँग नजिक रहेर काम गर्न इच्छुक छु ।’–उहाँले भन्नुभयो ।
उहाँले अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नातकोत्तर गर्नुभएको छ भने प्रिन्सटन विश्वविद्यालय अमेरिकाबाट सार्वजनिक मामिलामा स्नातकोत्तर गर्नुभएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: