कोषलाई ७ करोड ५० लाख अमेरिकी डलर सहयोग

काठमाडौं, (नेस) ।
विश्व बैंकले नेपालको गरिबी निवारणको लागि ७ करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । बैंकले गरिबी निवारण कोषलाई अतिरिक्त वित्तीय सहयोगको लागि नेपाल सरकासँग अनुदान सहयोगको लागि सहमति गरको छ । सहमति पत्रमा अर्थ मन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखाका लाल शंकर घिमिरे र विश्व बैंकका नेपालका लागि कामु राष्ट्रिय निर्देशक अन्ड्रास होर्भेईले हस्ताक्षर गर्नुभयो । ‘गरिबी निवारण कोषले विशेषगरी लिंग, जातका आधारमा नोक्सानमा परेका ग्रामीण जनताको जीवनस्तर र जनवजीवनमा सुधार तथा सशक्तिकरणमा सहयोग गरेको छ ।’–विश्व बैंक नेपाल र बंगलादेशका लागि राष्ट्रिय निर्देशक इलेन गोल्डस्टिनले भन्नुभयो –‘२६ लाख ५० हजार जनता यस कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।’
सरकारले सन् २००४ बाट शुरु गरेको गरिबी निवारण कोषले मुलुकका ४० ग्रामीण जिल्लामा काम गरिरहेको छ । यस कार्यले १४ हजार ५ सय सामुदायिक संस्थालाई प्रत्यक्ष सहयोग प्रदान गरेको छ जसबाट ५ लाख ३० हजार घरधुरीलाई प्रत्यक्ष सहायता पुगेको छ । त्यसमा ५७ प्रतिशत दलित र जनजाति समुदायबाट रहेका छन् । कोषले सहयोग गरेका घरधुरीमध्ये ८० प्रतिशत सहयोग पुगेको छ । १५ हजार ५ सय भन्दा बढी घरधुरीले पहिलोपटक सडक पहुँच, २५ हजार ३ सय घरधुरीले नयाँ सिंचाई प्रणालीमा पहुँच पुगेको छ । सहायता रकममध्ये ६ करोड ५० लाख अमेरिकी डलर अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)बाट अनुदानमा र १ करोड अमेरिकी डलर विश्व खाद्य मूल्य प्रतिक्रिया कार्यक्रम बहुदाता ट्रस्ट कोषमार्फत प्राप्त भएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: