घरजग्गा कारोबार खुकुलो

बाबुकृष्ण महर्जन (काठमाडौं) नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जा र शेयर धितो कर्जा (मार्जिन लेन्डिङ) खुकुलो गरेको छ। राष्ट्र बैंकको मंगलबार बसेको सञ्चालक समितिले बैठकले घरजग्गा कर्जाको सम्पूर्ण् ब्याज बुझाएमा आगामी २०६९ असार मसान्तसम्म नवीकरण गर्ने निर्णय गरेको राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले बताउनुभयो।

नेपाल राष्ट्र बैंकले २०६६ पौष २ गते घरजग्गा व्यवसायमा लगानी गर्न सीमा तोकेपछि यस व्यवसायमा मन्दी आउन थालेको थियो। राष्ट्र बैंकले कुल कर्जाको ४० प्रतिशत मात्र लगानी घरजग्गा र हाउजिङ क्षेत्रमा गर्न पाउने व्यवस्था गरेको थियो। घरजग्गा कर्जामा गरिएको कडाइपछि काठमाडौं उपत्यकामा करिब ८० प्रतिशत घरजग्गा कारोबारमा गिरावट आएको र मूल्यमा ३० प्रतिशतसम्मले कमी आएको बताइन्छ।

राष्ट्र बैंकले असार मसान्तसम्म घरजग्गा कर्जा कुल कर्जाको ३० प्रतिशतमा झार्न र त्यसमध्ये जग्गा खरिद र प्लटिङमा १५ प्रतिशत र भवनमा १० प्रतिशत थियो। घरजग्गाको कारोबारमा मन्दी र मूल्यमा पनि गिरावट आएपछि घरजग्गा व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा समयमा तिर्न सकेका थिएनन्। अहिले पनि बैंक तथा वित्तीय संस्थाको कुल कर्जाको ४० प्रतिशत कर्जा घरजग्गा क्षेत्रमा नै केन्द्रित रहेको छ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा उठ्न छोडेपछि तरलता अभावका कारण निक्षेपकर्ताले समयमा पैसा नपाउँदा धेरै वित्तीय संस्था संकटमा परेका छन्। पिपल्स फाइनान्स, भिबोर विकास बैंक, वर्ल्ड मर्चेन्ट एन्ड फाइनान्स कम्पनी, क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स कम्पनी जस्ता वित्तीय संस्थाहरू घरजग्गा कर्जामा बढी केन्द्रित भई ती कर्जाहरू उठ्न नसकेका कारण संकटमा परेका थिए।

राष्ट्र बैंकले आŠनो नीतिबाट नियमित रूपमा ब्याज बुझाउँदै आएका असल ऋणीलाई समस्या नआओस् भनेर चालू असार मसान्तसम्मको सम्पूर्ण् ब्याज चुक्ता गरेमा एक वर्षा लागि भाखा नाघेको भए पनि घरजग्गा कर्जा नवीकरण गर्न छुट दिएको राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए।

त्यसै गरी राष्ट्र बैंकले व्यक्तिगत प्रयोजनका लागि लिएको घरकर्जाको सीमालाई पनि ६० लाखबाट ८० लाख रुपियाँ पुर्याएको छ। यसअघि गत चैत्रमा घरजग्गा कर्जा गणना गर्दा व्यक्तिगत घर निर्माणका लागि लिएको ६० लाख रुपियाँसम्मको कर्जालाई घरजग्गा कर्जामा गणना नहुने निर्ण्र्ाागरेको थियो। ँनिर्माण सामग्रीको मूल्य वृद्धिसँगै साना घर बनाउँदा राष्ट्र बंैकको सीमाले नभ्याएपछि व्यक्तिगत घर कर्जाको सीमालाई बढाइएको हो’ -ती अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए।

त्यसै गरी राष्ट्र बैंकको मंगलबार साँझ बसेको बैठकले शेयर धितो कर्जा दिँदा १ सय ८० दिनको औसत मूल्यको ६० प्रतिशतसम्म मात्र कर्जा दिन पाउने प्रावधानलाई खारेज गरेको छ। राष्ट्र बैंकले यसको साटो जोखिम मूल्यांकन गर्ने जिम्मा सम्बन्धित बैंकलाई नै दिएको केन्द्रीय बैंक प्रवक्ता ज्ञवालीले बताउनुभयो। यसबाट शेयरबजारमा सकारात्मक असर पर्ने केन्द्रीय बैंकको अनुमानरहेको छ।

One Response

  1. good news

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: