सहमतिमा बजेट ल्याउन राष्ट्रपतिको निर्देशन

बाबुकृष्ण महर्जन (काठमाडौं) राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय समस्यालाई सम्बोधन गर्ने गरी सहमतिमा बजेट ल्याउन उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई निर्देशन दिनुभयो।

आगामी आर्थिक वर्ष२०६८/६९ को बजेटबारे जानकारी दिन मन्त्रालयका सचिव कृष्णहरि बास्कोटालगायत मन्त्रालयका उच्च पदाधिकारीसहित राष्ट्रपति भवन पुगेका अर्थमन्त्री अधिकारीलाई राष्ट्रपति यादवले सो निर्देशन दिनुभएको हो।

अर्थमन्त्री अधिकारीले कृषि उत्पादन र उद्योगको वृद्धि, बैंकिङ समस्या समाधानलगायतका विषय समेटेर सहमतिमा बजेट ल्याउन आग्रह गरेको सञ्चारकर्मीलाई बताउनुभएको थियो।

यसअघि अर्थमन्त्री अधिकारीले यही असार ३० गते प्रस्तुत हुने बजेटमा सहमति जुटाउन प्रमुख तीन दलका शर्ीष्ा नेतासँग छलफल गर्नुभएको छ। अर्थमन्त्री अधिकारीले सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू पर्ूवअर्थमन्त्री डा. रामशरण महत, नरहरि आचार्य र नारायण खड्का, एनेकपा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ँप्रचण्ड’, उपाध्यक्ष बाबुराम भट्टर्राई, उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई व्यवस्थापिका संसद्बाट पारित नीति तथा कार्यक्रमका आधारमा बजेट प्रस्तुत हुने जानकारी दिनुभएको थियो।

अर्थमन्त्री अधिकारीले बजेटमा कांग्रेसले उठाएका मुद्दाहरूसमेत समावेश गरेको जानकारी दिएको कांग्रेस नेता आचार्यले बताउनुभयो। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार प्रकाश ज्वालाले राष्ट्रिय सहमतिको दस्तावेजका रूपमा बजेट ल्याउने तयारी भइरहेको छलफलपछि सञ्चारकर्मीलाई जानकारी दिनुभएको थियो।

बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेस नेता आचार्यले तयार भइसकेको बजेटका बारेमा जानकारी दिने औपचारिकता मात्र पूरा गरेको बताउनुभएको छ। उहाँले एमालेको बोलीमा विश्वास नभएको बताउँदै बजेटको पर्ूण्ा पाठ पढिसकेपछि मात्र के गर्ने भन्ने निक्र्यौल गरिने जानकारी दिनुभयो। अर्का कांग्रेस नेता डा. रामशरण महतले बजेट वितरणमुखी, सस्तो प्रचारबाजी र कार्यकर्ता पोस्ने खालको भए आफूहरूले विरोध गर्ने बताउनुभयो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: